स्वास्थ्यमा अचानक समस्या देखिएपछि कांग्रेस नेता सिटौला अस्पताल भर्ना

0
Shares

काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अस्पताल भर्ना गरिएको छ । सिटौलालाई शुक्रबार साँझ अस्पताल भर्ना गरिएको नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

सिटौलालाई काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ । कांग्रेसका नेता सिटौलालाई आइसियुमा राखेर उपचार भइरहेको छ । चिकित्सकहरूले सिटौलाको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन् । सिटौलाको उपचारमा डा.भगवान कोइरालासहितका चिकित्सकहरूको समूहले उपचार गरिरहेको छ ।

रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइएको छ । सिटौला बिरामी भएको खबर थाहा पाएपछि शुभेच्छुक र नेपाली कांग्रेसका नेताहरू भेट्न अस्पताल पुगेका छन् । उनीहरूले सिटौलाको स्वास्थ्यको जानकारी लिनुका साथै शिघ्रस्वास्थ्य लाभको कामना गरेका छन् ।