मुलुकी संहिता संशोधनसम्बन्धी विधेयकमाथि छलफल


काठमाडौँ, प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल गरी संसद् बैठकमा पठाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले उक्त विधेयकमाथि परेका संशोधनका सम्बन्धमा छलफल गरे पनि राष्ट्रियसभाबाट पारित विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ । समिति सभापति कृष्णभक्त पोख्रेलले विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पठाउने निर्णय भएको बताउनुभयो ।

साथै सो विधेयकमा परेका संशोधनका सम्बन्धमा समितिको आगामी बैठकबाट सरकारलाई केही निर्देशन दिने उहाँले जानकारी दिनुभयो ।

बैठकका संशोधनकर्ता सांसदहरु शेरबहादुर तामाङ, यशोदा गुरुङ, प्रेम सुवाललगायतले आफ्ना संशोधन प्रस्तावका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।
रासस