महिला साफ च्याम्पियनसिप फाइनल जारीः भारत २ गोलले अगाडी


विराटनगर,
विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालविरूद्ध भारतले १ का विरुद्ध २ गोलको अग्रता लिएको छ। खेलको २६ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको हो। भारतका लागि डालिमा चिब्बरले गोल गरिन्।

यस अघि ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् ।

उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् ।