महिला साफ च्याम्पियनसिप फाइनल जारीः भारत र नेपाल १-१ को बराबरीमा


विराटनगर,
विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत खेलिरहेका छन् । पहिलो हाफको समाप्तिमा खेल १–१ को बराबरीमा रहेको छ ।
भारतले खेलमा अग्रता लिएपनि सावित्रा भण्डारीको गोलसँगै नेपाल उपाधि होडमा फर्किएको हो । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । उनलको सुरुवाती प्रहार अदितिले रोकेपनि दोस्रो प्रहारले भने पोस्टको दिशा लिन सकेन ।