महिला साफ च्याम्पियनसिप फाइनल जारीः भारत १ गोलले अगाडी


विराटनगर,
विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालविरूद्ध भारतले अग्रता लिएको छ। खेलको २६ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको हो। भारतका लागि डालिमा चिब्बरले गोल गरिन्।

यसअघि नेपालले थुप्रै आक्रमणहरु खेर फालेको थियो।