बझाङका बादी भन्छन्: सरकार हामीलाई ऋणबाट मुक्तगरि देउ


ललित सिंह, चैनपुर, बझाङ ।
बझाङको जयपृथ्वी नगरपालीका १० चैनपुर बस्ने विपन्न गरिब सुरेन्द्र बादीले पढाई घरखर्च र विवाह गर्दा आफुसंग पैसा नभएपछि चैनपुरकै लक्ष्मी सुनार वाट दश वर्ष अगाडी तिस हजार ऋणलिएको अहिले साँवा व्याज जोडेर साहुको ७३ हजार तिर्नु बाँकी छ । सुरेन्द्र बादी अहिले घरमा छैनन् उनि बस्ने घर साहु लक्ष्मी सुनारले सुरेन्द्रले पैसा तिर्नु छ भनेर ताला लगाएको छ । सुरेन्द्रका भाई कमल बादी घरमा साहुले ताला लगाएपछि अर्कोको घरमा बस्न बाध्य छन् । ऋण तिर्न नसकेर साहुले सुरेन्द्रको घरमा जस्तै अरुको घरमा ताला लगाएको त छैन तर ऋण नतिरे घरमा ताला लगाई दिन्छु भनेर साहुहरु भन्ने गरेको बादीहरु वताउन्छन् ।

साहु भुजी देवी सुनारको पनि हरिना बादी र पुनी बादीले विस वाईस हजार ऋण भएकाले ऋण नतिरे घरमा ताला लगाई दिन्छु भनेर दैनिक कुरा सुनाउने गरेको हरिना वादीले दुखेको पोखीन । सवै भन्दा बढी बम्मवादीको लक्ष्मी सुनार लाई एकलाख ऋण तिर्नु छ । उनि जस्तै भुजीदेवी सुनारको जुनतारा वादीले पनि ९३ हजार ऋण तिर्नु छ । सानो तिनो मजदुरी गर्ने र गाँउघरमा मागेर विहान बेलुकाको छाकटार्ने बादीहरुले साहुहरुको सानोतिनो ऋण समयमै तिर्न नसक्दा व्याज स्याज बढ्दै गएपछि विस तिस हजार ऋण नभएको कोहि अछुतो छैन ।

१३ परिवारको बसोवास रहेको चैनपुरका बादीहरुको स्थानिय ६ जना सुनार साहुको ७ लाख ७० हजार जती ऋण रहेको खुलासा भएको छ । नेपाल सरकारको जनता आवास कार्यक्रमवाट अहिले बादीहरुका घर र्निमाण भएपछि साहुहरुले आफ्नो ऋण असुल गर्नु पर्ने र नत्र नयाँघरमा आफुहरु ताला लगाई दिने धम्की दिएपछि बादी समुदायको ऋणको कुरा सार्बजनिक भएको हो ।

बादीहरुका लालपुर्जा नागरिता धरौटीमा राखेर साहु हरुले व्याजमा पैसा दिएका छन् । हामी गरिब बादीहरु कहिलै उन्मुक्ती नपाउनुको पछाडी सुनार जातका साहुहरु पनि हुन चैनपुरकी पुनी वादीले भनिन् हामीलाई दुख अप्ठेरो पर्दा साहु सुनारहरुले ऋण दिएको ठिक हो तर व्याज बढाउदै जाँदा धेरै ऋणतिर्नु पर्ने बनाएको हुदाँ समस्या छ । वादीहरुका अनुसार १० । १५ हजार सम्म ऋण लिएका हौ तर साहुहरुले व्याज स्याज थपेर बढी बनाएको दुखेको गरेका छन् ।
सुनार जाती हरुको अगाडी डरले भन्न बोल्न नसक्ने वादीहरु साहुहरुको जवरजस्तीले तमसुकमा समेत ल्याप्चे गरेको वताउन्छन् । साहु सुनारहरुले भने वकिलवाट कागज बनाएर तमसुल पक्का बनाएको देखीन्छ ।

बादीहरुको तमसुल कागज बमोजिम लक्ष्मी सुनारको ४ लाख ४५ हजार बादीहरुले तिर्नु तमसुलमा उल्लेख छ । यसका साथै भुजीदेवी सुनारको ९३ हजार ८ सय, सानु चित्रकारको ४६ हजार, नरेश चित्रकारको ९ हजार ५ सय छ । साथै रामगिरी सुनारको ४ हजार ६ सय छ । यता राधीका सुनारको १ लाख ७१ ह्जार ५ सय गरि ७ लाख ७० हजार बादीहरुले तिर्नु पर्ने रहेको साहु लक्ष्मी सुनारले वताए । उनले भने बादीहरुले विरामी हुदाँ विवाह गर्दा अन्य चाड पर्वमा खर्च भनेर मागेको हो समयमै नदिएपछि व्याज थपीएर केहि पैसा बढ्दै गएको छ । साहु सुनार बाट ऋण लिने बादीहरु टेक वादी , पदम वादी , राजु , धर्म , बम्म , सुरेन्द्र ,राधा , गगन जुनतारा , अम्मर , विजुली , कित्थी बादी रहेका छन् ।

बादीहरुको ऋण चुक्ता गर्न पहल गर्ने भनेर जनता आवास कार्यक्रम संचालनका लागी साहुसंग धितो राखेको लालपुर्जा नागरिता मागेर बादीका घर र्निमाणमा पहल गर्दै आएका जयपृथ्वी नगरपालीका १० का वडा अध्यक्ष दल बहादुर विष्टले घर त हामीले बनाई दिऔ तर बादीहरुको ऋण चुक्ता गर्न समस्या भएकाले साहुहरुले नयाँ घरमा बस्न अवरोध गरेको वताए । उनले भने वादीका ८ परिवारका घर बनाएका छौ अन्य ५ परिवारको बाँकी छ तर उनिहरुको लालपुर्जा साहुहरुको कव्जा भएकाले अंशबन्डा पनि भएको छैन । अध्यक्ष विष्टले बादीहरुको साहुको ऋणको तमसुकहरुको फोटोकपी गरेर ऋण असुलीका लागी सरोकारवाला निकायमा जानकारी समेत गरेको वताए । चैनपुर जस्तै थलाराको खोलीमा पनि बादी बस्ती रहेको छ ।