भारतिय ट्रकबाट चरेस बरामद, एक जना समातिए


सीताराम अधिकारी, धादिङ ।
पृथ्वीराजमार्गको नाकाबाट भारततर्फ लुकाइछिपाइ लाने क्रममा प्रहरीले चेकजााच गर्दा गजुरी गाउँपालिका वडा न.ं १ गजुरी नजिकैबाट शुक्रबार बिहान धेरै परिमाणमा प्रतिबन्धीत लागु औषध चरेस बरामद गरेको छ ।
काठमाण्डौबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा ८ ओटा बोरामा हालेर लुकाएर राखिएको भारतीय नम्बर प्लेटको यु पि १९ टि ५१७१ नम्बरको ट्रकबाट १ सय ६४ किलोग्राम चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नबराज ढुंगेलले बताउनुभयो ।
लागु औषध चरेस सहित भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरि हिरासतमा लिएको छ । गाडी समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।