जन्मदिनको खर्च प्रयोगशाला भवन निर्माणमा


धनवीर दाहाल,रुकुम
जन्मदिन, विवाह जस्ता काममा धेरै खर्च र तडकभडक गर्नेहरुका लागी एक महिलाले उदाहरणिय सन्देश दिएकी छन् । पर्वत जिल्ला कुस्मा नगरपालिका घर भई हाल स्वीडेन बस्दै आएकी सकुन्तला श्रेष्ठले मार्च २३ मा परेको जन्म दिनमा लाग्ने खर्च स्वरुप एक लाख एक हजार रकम रुकुम पश्चिम बाँफिकोट गाँउपालिकाको छिन्खेतमा निर्माण भइरहेको स्वास्थ्य प्रयोगशाला भवन लागी सहयोग गरेकी हुन् ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय परिषद, स्वीडेनका अध्यक्ष अर्जुन श्रेष्ठकी धर्मपत्नी सकुन्तलाले जन्मदिनमा लाग्ने खर्च स्वरुपको रकम प्रयोगशाला निर्माणमा सहयोग गरेको बताइन् । दुर्गम क्षेत्रमा सहयोग गर्ने लक्ष्य अनुसार जन्मदिनमा लाग्ने सबै खर्च रुकुममा स्वास्थ्य प्रयोगशाला निर्माणमा सहयोग गरेको श्रेष्ठले बताइन् । श्रेष्ठले आफ्नो को ५० औ जन्म दिनको अवसरमा सो सहयोग गरेकी हुन् ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनको १० लाख सहयोग मा बन्ने सो स्वास्थ्य प्रयोगशाला भबनमा सकुन्तलाले व्यक्तिगत थप १ लाख १ हजार सहयोग गरेकी हुन् । यस अघि पनि श्रेष्ठ दम्पतीले बैबाहिक जिबन को २५ औ बर्ष गाँठको अवसरमा रोल्पा जिल्लाको जिनाबाङमा सिदार्थ माबिमा अध्यनरत द्वन्दपिडित ,टुहुरा, असहाय,अपाङ्ग, गरिब, जेहेन्दार बिद्यार्थीको आबसको लागि पनि १ लाख १ हजार सहयोग गर्नु भयको थियो ।