भिरबाट लडेर एकको मृत्यु


रामचन्द्र वि.क., रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शुक्रबार मध्यान्ह खिम्तीबाट फर्पु हिडेर जाने क्रममा फर्पुको सिमलडाँडा स्थित सडकको छेउबाट करिब १ सय ५० मिटरको भिरबाट खस्दा तिल्पुङ घर भएका करिब ४५ बर्षिया पाल्दोर्जे तामाङको ज्यान गएको गोकुलगंगा–६ का वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले जानकारी दिए ।

मन्थली नगरपालिका–१ आकाशे बसोबास गर्ने तामाङको श्रीमती सिता तामाङ र उनि सँगै हिडिरहेको बेला तामाङ भिरबाट लडेको प्रहरीले बताएको छ ।

तामाङले मदिरा सेवन गरेर हिडेको स्थानीयहरुले बताएका छन् । मृतक तामाङ यस अघि एक योजनाको काम गरे बापतको ज्याला लिन जाँदा ससुराली पनि पुगरे आउने भनेर हिडेको खुल्न आएको वडाअध्यक्ष सुनुवारले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।