होली खेलिरहेकालाई प्रहरीको भ्यानले ठक्कर दिँदा १ जना गम्भीर घाइते


जनकपुर । जनकपुरमा होली खेलिरहेका युवाहरुमाथि प्रहरीको भ्यानले ठक्कर दिएको छ । भ्यानकोे ठक्करबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।
प्रहरीको भ्यानको ठक्करबाट जनकपुर-३ का रामा ठाकुरका छोरा प्रदीप ठाकुरको २ वटै खुट्टा भाँचिएको छ । हाल उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

जनकपुरमा १५ दिने मिथिला माध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट फागु पर्व मनाउने प्रचलन छ । सोही अनुसार आज फागु पर्व मनाइँदैछ ।

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा ६ गते र तराई–मधेसका अन्य क्षेत्रमा हिजो ७ गते होली मनाइएको थियो ।