महिला सहयात्रा माइक्रोफाइनान्सलाई एक लाख डलरसहित ग्लोवल अवार्ड

0
Shares

काठमाडौं, (नेस)
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले ‘राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्ड’ प्राप्त गरेको छ । सार्वजनिक संस्था, निजी, गैरसरकारी र स्वतन्त्र गरी चार विधामा विभिन्न मुलुकका १८८७ प्रतिस्पर्धी लाई उछिन्दै एक लाख अमेरीकी डलरको पुरस्कार र ग्लोवल अवार्ड प्राप्त गरेको हो ।

नेपालको पिछडिएको क्षेत्रमा गई २८ हजारभन्दा बढी महिलाका बीच लघुवित्त सेवाका साथै लघु उद्यममार्फत समुदायको आर्थिक तथा सामाजिक विकासकार्यमा विशेष योगदान गरेवापत संयुक्त राष्ट्रसंघको ६३औं महासभाले संस्थालाई उक्त अवार्ड प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमिता मानन्धरले जानकारी दिनुभयो ।

उक्त अवार्ड ११ मार्च २०१९ मा संयुक्त राष्ट्रको महिलाको अवस्था सम्बन्धी ६३औं महासभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमिता मानन्धरले पुरस्कार र अवार्ड ग्रहण गर्नुभएको थियो ।

संस्थाले नेपालका अति विकट क्षेत्रमा गई स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै सीपमुलक तालिम दिई पिछडिएका महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको उहा“ले बताउनुभयो ।

९३ जना महिला सदस्यबाट सुरु गरिएको संस्थाले हाल २६ वटा शाखा मध्ये २१ वटाले अति विकट क्षेत्रमा गएर काम गरेको संस्थाले जनाएको छ । संस्थाले लघुवित्तको साथै सीप विकास तालिम तथा बजारीकरणको कामसमेत गरेको छ ।