नेपाल समाचारपत्र
काठमाडौ(नेस) । मेडिकल कलेजहरुले दिनदाहाडै ठगी गरी राज्यको उपहास गरेको भन्दै डा गोबिन्द केसीले ठग मेडिकल कलेजका संचालकहरुलाई कानुनको दायरामा नल्याए फेरी आन्दोलन गर्ने घोषणा गर्नु भएको छ ।
उहांले बिहीबार एक बिज्ञप्ती प्रकाशित गरी ठग मेडिकल कलेजलाई कारवाही गर्न चिकित्साशास्त्र अध्ययन संस्थानलाई आग्रह गर्नु भएको हो । बिज्ञप्तिमा भनिएको छ–मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकार सुनिश्चित गर्न पनि उहांले आग्रह गर्नु भएको छ ।
उहांले लामो संघर्षपछि बनेको माथेमा कार्यदलले दिएको सुझाव अनुसार मेडिकल शिक्षामा शुल्क निर्धारण गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।
नेपालका निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग वार्षिक अरबौं रुपैयाँ ठगी गर्दापनि सरकार अझै मुकदर्शक भएको भन्दै डा केसीले राज्यद्धारा संरक्षित मेडिकल माफियाहरुलाई कारवाहीको दायरमा ल्याउन समेत आग्रह गर्नु भएको छ ।











प्रतिक्रिया