वेलकममा होली उत्सव

0
Shares

काठमाडौं, (नेस)
फागु पूर्णिमाको सन्दर्भमा वेलकम एडभरटाईजिङ्गले आफ्नै प्राङ्गणमा होली पर्व बिशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । युवा पुस्ता आफ्नो परम्परा र पराम्परागत मुल्यमान्यतादेखि टाढा गएर आधुनिकतर्फ धकेलिएको बेला वेलकम एडभरटाईजिङ्गले आफ्नो कार्यालय प्राङ्गणमा आफ्ना कर्मचारीहरुका बीच आत्मीत्यता र सदभाबका साथ धुमधामसँग “स्वच्छ होली, खेलौ मन खोली” भन्ने मान्यतालाई ध्यान दिदै एक आपसमा शुभकामना साटा साट गरी होली पर्व मनाइएको थियो ।

नेपाल विज्ञापन संघ (आन)का पूर्व अध्यक्ष एवं वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई उत्सवको पर्व होलीको शुभकामना सहित होलीको रंग लगाइदिदै उहाँले “हाँसो तथा खुसी सबैका लागि, सधैँका” लागि हुनुपर्ने धारणा व्यक्त गर्दे यस्ता कार्यक्रमले कर्मचारीबीच आपसी भाईचाराको राम्रो विकास हुनुका साथै आपसमा थप खुसी र विश्वास बढ्ने बताउनुभयो ।

होली पर्वको आगमन सँगै ग्रीष्म ऋतुको सुरुवात भएको मानिन्छ, भने यस पर्वलाई परापूर्वकालदेखि असत्यमाथि सत्यको बिजयको प्रतिकको रुपमा मनाइन्छ । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।