एलआईसी नेपालको अघिल्लो आवको लाभांश पारित

0
Shares

काठमाडौं, (नेस)
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आव. २०७३÷७४ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतितश नगद लाभांश दिने निर्णय गरेको छ ।

आव. २०७३÷७४ मा कम्पनीले १ लाख ७८ हजार ५११ नया“ बीमालेख बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २६३ करोड ३५ लाख संकलन गर्न सफल भएको थियो । २०७४ आषाढ मसान्तसम्ममा कम्पनीमा कूल चालु बीमालेखको ७ लाख २० हजार ४५० र कूल जीवन बीमा कोषमा ३ हजार ३५५ करोड संकलन भएको जनाएको छ ।

त्यस्तै आव. २०७३÷७४ मा कम्पनीको कूल जीवन बीमा कोषमा २६ दशमलव ७१ प्रतिशत प्रथम बीमाशूल्क आर्जनमा १६ दशमलव २६ प्रतिशत, बीमालेख बिक्रीमा २१ दशमलव ६७ प्रतिशत, लगानीतर्फ ३० दशमलव ४० प्रतिशत, लगानीबाट प्राप्त आम्दानीमा ४५ दशमलव ४३ प्रतिशतको बृद्धिदर रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष हेमन्त भार्गवले एलआईसी नेपालको १७औं (आव २०७४÷७५) वार्षिक साधारण सभा पनि यथासक्य चा“डो सम्पन्न गरिने वताउ“दै चालु आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल वीमाशुल्क आर्जन ५८१ दशकलव १३ करोड भएकोछ । साथै कम्पनीको जीवन बीमा कोषमा ४ हजार ८६८ दशमलव ७० करोड जम्मा रहेको छ ।