सन्राइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

0
Shares

काठमाडौं (नेस) सन्राइज बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

ग्र्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जिवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको भनाइ छ ।