अमेरिकी ब्रान्डको ‘क्लिभल्यान्ड’ मोटरसाइकल नेपाल भित्रियो

0
Shares

काठमाडौं । अमेरिकी ब्राण्डको ‘‘क्लिभल्यान्ड’ मोटरसाइकल नेपाली बजारमा पहिलोपटक भित्रिएको छ । आजु मोटर्स कम्पनीले यो मोटरसाइकल नेपाल भित्राएको हो ।

चार वटा मोडलको उक्त मोटरसाइकल १२५ देखि २५० सिसीका रहेका छन् । १२५ सिसीको मोटरसाइकलले एक लिटर पेट्रोलले ४० किलोमिटर माइल दिने कम्पनीले जनाएको छ ।अमेरिका, क्यानडा, जापान, दक्षिण अमेरिका र स्वीजरल्याण्डमा प्रख्यात उक्त ब्राण्डको मोटरसाइकल दक्षिण एसियामै पहिलोपटक नेपालमा भित्रिएको हो ।

उक्त मोटरसाइकलको मूल्य २ लाख ५० हजारदेखि ३ लाख ६० हजारसम्म पर्ने कम्पनीले जनाएको छ । यो मोटरसाइकलको शोरुम पानीपोखरीमा रहेको छ भने सर्भिस सेन्टर कमलादीमा रहेको छ ।