सफलता मिस फेस अफ हेटौंडा

0
Shares

हेटौंडा,(नेस)। मिस फेस अफ हेटौंडा २०१९ का ६ प्रतिष्पर्धीलाई पछाडि पार्दै सफलता नेपाली विजेता घोषित भएकी छन्। हेटौंडामा सम्पन्न प्रतियोगिताको फाइनलमा निर्णायकको मन जित्दै १६ वर्षीया उनले उपाधि हात चुमेकी हुन् ।

मिस फेस अफ हेटौंडाको उपाधिसँगै थाहानगर३, पालुङकी उनले नगद २० हजार र उपहार पाइन्। प्रतियोगितामा सुजिना तामाङ फस्ट र वसन्ती तितुङ सेकेण्ड रनर्सअप भए। तामाङले आकर्षक उपहार पाइन् भने तितुङले उपहारसँगै भ्युअर्स च्वाइस उपाधि र मिस फोटोजेनिक टाइटल पनि जितीन्।

६ टाइटल उपाधि प्रदान गरिएको प्रतियोगितामा पेमा तामाङ मिस वेस्ट स्किन, दीप्सी भुसाल मिस हेयर, मोनिका ढकाल मिस वेस्ट कन्फिडेन्ट र सरुना ढुंगाना मिस वेस्ट डिसिप्लिन भए।

युवतीको व्यक्तित्व विकास, मनोबल विकास र नारी सशक्तीकरण गर्ने उद्धेश्यले प्रतियोगिता गरिएको कार्यक्रम संयोजक रुएल सुनारले बताए। लिप्पो फेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल प्रदेश३ की सांसद् जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मोडल तथा नायिका प्रमिता राज्यलक्ष्मी शाह प्रमुख निर्णायक रहेको प्रतियोगितामा कोरियोग्राफर सोफिया फागो, मोडलहरु सद्धाम हुसेन, संकेत बस्याल र अनमोलजंग क्षेत्री निर्णायक थिए।