निर्माता गिरीद्वारा गृह जिल्लालाई एम्बुलेन्स प्रदान

0
Shares

निर्माता सुवास गिरीले आप्mनो जन्मदिनको अवसर पारेर गृह जिल्ला सिन्धुलीका लागि एम्बुलेन्स प्रदान गरेका छन्।

सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका गिरीले सिन्धुलीस्थित दुधौली नगरपालिका–५ स्थित सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रलाई १० लाख मँल्य बराबरको एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। जन्मदिनकै अवसर पारेर सुवासले आप्mनै नाममा सुवास फाउन्डेसनसमेत सञ्चालनमा ल्याएका छन्। होटल र वैदेशिक रोजगार व्यवसायीसमेत रहेका गिरीले आप्mनो कमाइको १० प्रतिशत रकम फाउन्डेसनमार्पmत सामाजिक कार्यका लागि खर्च गर्ने घोषणा गरेका छन्।

गिरीले नोभेम्बर रेन, क्लासिक, पर्व, कृलगायतका फिल्म निर्माण गरेका छन्। उनले दशैंलगत्तै बिग बजेटको फिल्म निर्माण गर्ने भएका छन्।