टिजरमा डियर लभ

0
Shares

नेपाली वेभ सिरिज डियर लभको टिजर सार्वजनिक गरिएको छ। रुबुसा क्रियटिभ वक्र्सको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको डियर लभ प्रेमकथामा आधारित वेभ सिरिज हो।

सवा मिनेटको टिजरलाई हेर्ने हो भने पनि डियर लभ प्रेमकथामा आधारित छ भन्ने प्रष्ट हुन्छ। डियर लभमा विशेष गरी पछिल्लो समय युवा पुस्तामा देखिएको प्रेमप्रतिको यस्तो आशक्तिलाई समेटिएको छ। रुकमानको निर्माण र विवेक रसाइलीको कथा तथा निर्देशन रहेको डियर लभमा अधिकांश नयाँ कलाकारलाई देख्न सकिन्छ। तर, कला र अभिनयका अधारमा उनीहरू पोख्त देखिएका छन्।

डियर लभमा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मी भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा छिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरालगायतका कलाकारले अभिनय गरेका छन्।

रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको डियर लभ राम्रो स्तरमा छ। कथावस्तु मात्र नभएर छायांकन र निर्देशनको स्तरसमेत फिचर फिल्मकै शैलीमा छ। आफ्नो पहिलो वेभ सिरिज भएकाले निर्माण तथा प्राविधिकमा कुनै कन्जुस्याइँ नगरेको निर्माता रुकमान लिम्बुले बताए।

पछिल्लो समय अनलाइन डिजिटल मिडियाको लोकप्रियतासँगै बलिउडमा वेभ सिरिजको ट्रेन्ड चलेको छ। तर, नेपालमा भने खासै वेभ सिरिज बन्ने गरेको छैन, केही बने पनि प्राविधिकरूपमा स्तरहीन छन्।