र्याप ब्याटल हुने

0
Shares

विगत २१ वर्षदेखि शैक्षिक तथा १२ वर्षदेखि इभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपटक ¥याप संगीतको क्षेत्रमा बृहतरूपमा ¥याप ब्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ।
विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर समँह र वर्गका लागि सौन्दर्य र प्रतिभामँलक कार्यक्रम आयोजना गर्दै आएको हाउसले ¥याप संगीतका लागि पहिलोपटक बृहतरूपमा रियालिटी शोका रूपमा स्पर्धा गर्न लागेको जनाएको छ।

१२ वर्षदेखि २४ वर्ष उमेर समँहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाइ र वजनका प्रतिभाशाली नेपाली नागरिकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराएका छन्। यो रियालिटी शोमा भोछिङ प्रणाली तथा निर्णायकको मँल्यांकनका आधारमा विजेता घोषणा गरिने उनले बताए। ब्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फस्ट र सेकेन्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ।

टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारिक युट्युब च्यानलमा देखाइने ¥याप ब्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ। अडिसनबाट सय जना चयन गरिने र उनीहरूका बीच स्पर्धा गराइने कार्कीले जनाएका छन्। ¥याप गीत संगीतले पछिल्लो समयमा पाएको लोकप्रियता तथा यसमा युवा पुस्ताले देखाएको उत्साहका कारण ¥याप ब्याटल अफ नेपाल २०१९ आयोजना गर्न लागिएको आयोजक कार्कीले बताए। उनका अनुसार यो प्रतियोगिता नेपालका चर्चित ¥यापरहरूकै बीच
सञ्चालन गरिनेछ।