प्रेममा पहिलो पाइला

0
Shares

शशि रावलको स्वर र सागर अधिकारी ‘शरद’ को संगीत रहेको गीत प्रेममा पहिलो पाइलाको भिडियो सार्वजनिक भएको छ।
डा. डीआर उपाध्यायको एल्बम सहेलीमा समावेश रहेको गीतको भिडियो सुवाष प्रधानले निर्देशन गरेका छन्। प्रेम लामाको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियोमा मनीषा सापकोटा र प्रकाश विकलाई फिचरिङ गरिएको छ।

साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो। यो विषयलाई सम्बोधन गर्दै उनलाई एभरेस्ट वल्र्ड रेकर्डको प्रमाणपत्र पनि प्रदान गरिएको छ।

एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको संगीत रहेको छ भने देशका प्रायः सबै गायक गायिकाको स्वर रहेको छ।