द भ्वाइस अब हिमालय एचडीमा

0
Shares

सिंगिङ रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन–२ घोषणा गरिएको छ। अघिल्लो सिजनको सफलतापछि घोषणा गरिएको दोस्रो सिजन हिमालयन टेलिभिजन एचडीबाट यसको प्रसारण हुने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट शुरू भएको डिजिटल अडिसनमा अहिलेसम्म झन्डै १० हजार प्रतिभाले आप्mनो स्वरबाट पहिचान बनाउने उद्देश्यसहित अडिसन दिइसकेको जानकारी गराउँदै देशविदेशमा रहेका प्रतिभाले सिजन–२ मा सहभागिताका लागि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसन दिन सक्ने यसका निर्माता तथा निर्देशक लक्ष्मण पौडेलले जानकारी गराएका छन्।

एपमार्फत अडिसन दिन असमर्थ प्रतिभाले फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत पनि आप्mनो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालमार्फत पनि आफ्नो स्वर पठाउन सकिने व्यवस्था गरिएको जनाउँदै निर्देशक पौडेलले इन्टरनेटको पहुँचमा नभएका प्रतिभाले फोन गरेर पनि भ्वाइस निर्माण टिमलाई आप्mनो स्वर सुनाई सहभागी हुन सक्ने जानकारी दिए।

पहिलो सिजनमा पाएको माया र सुझाव ख्याल गर्दै प्रतियोगीलाई सहभागी हुन सहज होस् भन्ने उद्देश्यका साथ नयाँ तरिका अपनाइएको द भ्वाइसले जनाएको छ। सम्पँर्ण प्रतियोगीले ब्लाइन्ड अडिसनमा सहभागी हुन पाउनेछन्। ‘द भ्वाइसजस्तो शो पाउनु हाम्रा लागि अवसर नै हो। यसलाई टिभीले सदुपयोग गर्नेछ’, हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले भने– ‘हामीले प्रसारण गर्ने शोमा कुनै सम्झौता हुनेछैन भने प्रतियोगिता विजयीका लागि पनि हामी ग्रान्ड सोचिरहेका छौं।’