श्रीलंका युद्ध अपराध: कुनै पनि जाँचका लागि तयार छौं- सेना


कोलोम्बो (एजेन्सी)
श्रीलंकाली सेना गृहयुद्धका क्रममा आफ्ना सैनिकहरुमाथि लागेका मानवअधिकार उलंघनका गम्भिर आरोपबाट सफाई पाउन कुनै पनि जाँचका लागि तयार रहेको छ ।

सन् २००९ मा लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीई) सँग समाप्त भएको सैभ्य संघर्षको अन्तिम चरणमा श्रीलंकाका सेनामाथि युद्ध अपराधको आरोप लागेको थियो ।

लिट्टे नेता भी प्रभाकरन मारिएपछि सन् २००९ मा यो गृहयुद्ध समाप्त भएको थियो । अन्तराष्ट्र्यि मानवअधिकार समुहले युद्धका अन्तिम महिनामा ४० हजार तमिल नागरिकको हत्या गरेको आरोप लगाएको थियो । तर तात्कालिन सरकारले त्यतिबेल एक जना पनि नागरिकको ज्यान नगएको दावी गरेको थियो ।

सेना प्रमुख लेप्mिटनेन्ट जनरल महेस सेनानायकले दक्षिणी सहर बेलिगामामा आइतबार पत्रकारहरुलाई भने थिए ( हामीलाई कुनै पनि जाँचबाट कुनै डर छैन किनभने हामीले कुनै अपराध गरेको छैन ।

कुनै पनि युद्धमा नागरिक हताहत हुनु स्वाभाविक भएको सेना प्रमुखले बताए । उनले भने ( यो कठोर सत्य हो । यो बिना कुनै युद्ध हुन सक्दैन । यसको अर्थ यो होइन की हामीले यसता केही युद्धका क्रममा गरेको होस् ।

विगत १० बर्षमा आफुहुरुले गरेका सकरात्मक कुरामा गम्भिर हुन आग्रह गर्दै पुरानो भइसकेको कुरा नगर्न जोड दिए । अन्तराष्ट्र्यि स्तरको जाँचलाई लिएर सेना प्रमुखले भने ( अन्तराष्ट्र्यि जाँचको आवस्यकता छैन । हाम्रो न्यायपालिका नै यसका लागि सक्षम छ ।