मस्जिद आक्रमणलाई लिएर अष्ट्रेलियामा खानतलाशी


सिडनी, (एजेन्सी)
न्युजिल्यान्डको क्रिस्टचर्च स्थित दुईवटा मस्जिदमा भएका आक्रमणको अनुसनधानलाई लिएर प्रहरीले सोमवार अष्ट्रेलियाका दुईवटा घरमा छापा मारेको छ । शुक्रवार अष्ट्रेलियाली २८ वर्षिय नागरिक ब्रन्टन टार्रान्टले गरेको दोहरो गोलीकाण्डमा पचासजना मानिसको ज्यान जानुका साथै अन्य दर्जनौं घाइते भएक थिए । ति दुवै आक्रमण उनी एक्लैले गरेको विश्वास गरिएको छ । उनी विरुद्ध हत्याको अभियोग दायर भएको छ । उनी अष्ट्रेलियाली शहर सिडनी देखि ६ सय किमि उत्तरमा पर्ने ग्राफ्टन निवासी हुन् ।

न्यु साउथ वेल्सका सरकारी अधिकारीहरुले सोमवार बिहान लरेन्स र स्यान्डी बिचका उपनगरहरु नजिकका घरहरमा खानतलाशी लिएका हुन् । न्यु साउथ वेल्सका प्रहरीले न्युजिल्यान्ड प्रहरीलाई सहयोग स्वरुप आवशयक औपचारिक प्रमाण जुटाइदिने प्रयास स्वरुप यो सुरषा कारवाही अघि बढाइएको जनाएको छ । अष्ट्रेलियाली संचार माध्यमले एउटा घर टार्रान्टकी बहिनीको भएके जनाएको छ ।

प्रहरीले अष्ट्रेलिया स्थित टार्रान्टको परिवारले अनुसन्धानमा सहयोग पु¥याइरहेको जनाएको छ । आइतवार ग्राफ्टन स्थित टार्रान्टका परिवाले सो आम हतयकाण्डबाट आफुहरु स्तब्ध भएको स्थानिय संचार माध्यमलाई बताएका थिए । उनका काका टेर्री फित्जेराल्डले मृतक र घाइते परिवार परिवार प्रति गहिरो दुख व्यक्त गरेका छन् । हत्याको एकल अभियोगमा शनिवार टारान्टलाई न्युजिल्यान्डको अदालतमा पेश गरिएको थियो ।

उनलाई अर्को सुनुवाईका लागि अप्रिलमा पुन अदालतमा उपस्थित गराइने भएको छ । यस घटनापछि न्युजिल्यान्डका प्रधानमन्त्री जासिन्दा आर्डनले बन्दुक सम्बन्धी कानुन परिवर्तनका लागि आब्हान गरेका छन् । हातहतियार बोकन ेअनुमति पत्र सहित साथमा पााचवटा बन्दुक रहेका टार्रान्टको विगतमा न्युजिल्यान्ड र अष्ट्रेलिया दुवैमा कुनै आपराधिक अभिलेख थिएन ।

यसैबिच टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले चुनावी ¥याली मा समर्थन जुटाउनका लागि न्युजिल्यान्ड मस्जिदका आक्रमणकारी बन्दुकधारीको केहि भिडियो प्रदर्शन गरिएकोमा आपक्ति जनाएका छन् । एर्दोगानले टारान्टको आँशिक नीति तुर्केलीहरुलाई युरोपबाट टाढा राखनु रहेको पनि प्रतिक्रिया दिएका छन् । साथै नयुजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले सो भिडियो देखाइनु गलत भएको र यसबाट आफ्ना नागरिकहरुलाई विदेशमा खतरा हुनसक्ने तुर्केली अधिकारीहरुलाई बताएका छन् । आक्रमणकारीले हत्याकाण्डको प्रत्यक्ष भिडियो खिंचेका थिए ।

मस्जिदमा प्रार्थना गरिरहेकाबेला भएको सो आतंकवादी आक्रमणमा मारिने ५० जना मुसलमान मध्ये सातजना भारतीय नागरिक पनि परेको आइतबार भारतीय उच्चायोगले जानकारी दिएको छ ।

न्युजिल्याण्डस्थित भारतीय उच्चायोगले ट्वीट गर्दै भनेको छ, ‘ हामी निक्कै शोकाकुल भएर यो खबर बताउन गइरहेका छौं कि क्रिस्टचर्चको आतंकवादी आक्रमणमा हामीले आफ्ना सात नागरिक गुमाएका छौं । मृतकहरुको नाम यसप्रकार छन्, ‘हफिस मूसा पटेल, रमिज वोरा, आसिफ वोरा, एन्सी अलीबावा, मोहम्मद इमरान खान, फरहज अहसान र जुनेद कारा ।’

साथै उच्चायोगले यस आक्रमणका पीडित परिवारलाई सम्पूर्ण तवरले सहयोग गरिने पनि बताएको छ । आक्रमणमा भारतको केराला निवासी एन्सी अली पनि परेकी छिन् । गोलीवारीको दौरान गम्भिर रुपमा घाइते भएकी अलीको शनिवार उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।