सिन फेनका अध्यक्ष म्याकडोनाल्डको आलोचना


लन्डन,(एजेन्सी)
‘ इंगल्यान्ड आयरल्यान्डबाट बाहिर निस्क ’ भन्ने नारा लेखिएको ब्यानर बोकेको कारण सिन फेनका अध्यक्ष म्यारी लोउ म्याकडोनाल्डको व्यापक आलोचना हुन थालेको छ । अमेरिकामा शनिवार आयोजित न्युयोर्क सेन्ट प्याट्रिक डे परेडको दौरान म्याकडोनाल्डको सो ब्यानर सहित तस्वीर खिचिएको हो ।

आइरिस टानाइस्टे ( उप प्रधानमन्त्री ) सिमोन कोभेनीले उक्त ब्यानर आक्रमक , विभाजित र लज्जास्पद ’ रहेको प्रतिक्रिया दिएकी छिन् । तर सिन फेनले भने समपुर्ण आलोचना अनावश्यक आक्रोस र राजनीतिक पुर्वाग्रह मात्र भएको जनाएको छ ।

एसडिएलपि गठबन्धन र युयुपिका नेताहरुले पनि म्याकडोनाल्डसको आलोचना गरेका छन् । सिन फेनले आफ्नो आधिकारीक एकाउनटबाट ट्विटरमा ‘ वयान गरिरहनु जरुरी छैन ’ भन्ने शिर्षक दिएर सो तस्वीर अपलोड गरेको थियो । एलायन्स पार्टीका नेता नाओमी लोन्गले विविसि रेडियो उल्स्टर्स सन्डे न्युजलाई आइरिस – अमेरिकी पहलमा भएको यस्तो घटना प्रति राजनीतिज्ञहरुलाई रिंगटा लाग्न सकने बताएका छन् ।

उनले वेलायत विरुद्धको यस्तो भावना फैलाउनु राम्रो नभएके बताएका छन् । यसैगरी युल्सटर युनियनिस्ट नेता रोविन स्वानले पनि उक्त व्यानर थुप्रै कारण निक ैआपत्तिजनक र गलत रहेको धारणा व्यक्त गरेका छन् । तर सिन फेनका प्रवक्ताले सिन फेनले गुड फ्राइडे सम्झौता अनुसार नयाँ संयुक्त आयरल्यान्ड चाहनु कुनै आश्चर्य नभएको जनाएका छन् ।