आफन्तलाई मृतकको खरानी मिश्रित माटो बाँडियो


एदिस अवावा,(एजेन्सी)
गत साता भएको इथियोपिय एयरलायन्सको विमान दुर्घटनामा मारिएका १स य५७ जना यात्रुका लागि आइतवार इथियोपिया र केन्यामा धार्मिक अनुस्ठानको आयोजना गरिएका छन् ।

इथियोपियाको राजधानी एदिस अवावा स्थित होलि ट्रिनिटी चर्चमा १२ जना इथियाोपियाली मृतकको रातो कोफिनमा तिनका शोकाकुल आफन्तहरुले विलौना गरेका छन् । केहि शवहरु जलिसकेकाले केहि कोफिनमा खरानी मिश्रित माटो राखिएको थियो ।

मृतकका आफन्तहरुलाई शवको डिएनए परिक्षण गरी पहिचान गर्न कम्तिमा छ महिना लाग्न सक्ने बताइएको छ । कल साइन ३ सय २ बोकेको केन्याको राजधानी नैरोबीमा उडेको बोइंग ७३७ म्याक्स विमान दुर्घटनाग्रस्त भएके थियो ।

सो बोइंगका चालक दलका सदस्यहलाई सम्मान र श्रद्धान्जली व्यक्त गर्न इथियोपियन एयरलायन्सका कर्मचारीहरु एदिस अवावाको बोले अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भएको रोयटर्स समाचार निकायले जनाएको छ ।
यस दुर्घटनामा विशवका ३० वटा भन्दा बढि मुलुकका नागरिक मारिएका थिए ।

नैरोबी स्थित एउटा चर्चमा यस दुर्घटनामा मारिएका ३६ जना केन्याली प्रति श्रद्धानजली प्रकट गर्दै तिनीहरुका आफन्तले प्रार्थना गरेका छन् । एदिस अवावामा आइतवार आयोजित सामुहिक अन्त्ेष्टि कार्यक्रममा शोककाकुल परिवारलाई गाड्नका लागि खरानी मिश्रित १ केजि माटो वितरण गरिएको थियो ।