हमला अगाडी प्रधानमन्त्री कार्यालयलाई आक्रमणकारीको मेल


क्राइस्टचर्च (एजेन्सी)
न्युजिल्यान्डको दुई मस्जिदमा भएको नरसंहार पुर्व प्रधानमन्त्री जेसिन्डा आर्डनको कार्यालयले आक्रमणकारीको एक घोषणा पत्र प्राप्त गरेको थियो । आतंककारी हमला हुनु ९ मिनेट पुर्व ३० जनालाई यो पत्र मेल गरिएको आर्डर्नले आइतबार जानकारी दिएकी छिन् । यद्यपी प्रधानमन्त्री कार्यालयलाई प्राप्त पत्रमा हमलाको स्थान र अन्य जानकारी थिएन ।

त्यसलाई तत्काल सुरक्षा एजेन्सीहरुलाई दिइएको थियो । शुक्रबार क्राइस्टचर्च स्थित अल नुर र लिनवुड मस्जिदमा गोलाबारीमा मर्नेको संख्या ५० पुगेको छ । घटनामा अन्य ५० जना घाइते भएको बताइएको छ ।

यसैबीज न्युजिल्यान्ड सरकारले उक्त भयानक हमलाको लाइभ स्ट्रिमिंग (प्रत्यक्ष प्रसारण)लाई लिएर फेसबुकसँँग जवाफ मागेको थियो । फेसबुकले भनेको छ– हमलाको भिडियो लाइभ स्ट्रिमिंगको तत्कालै प्रहरीले नेटवर्क पत्ता लगाएको थियो । हामीले तत्काल आक्रमणकारीको इस्टाग्राम र फेसबुक अकाउन्ट फुटेज हटाइ दिएको थिएँ ।

फेसकुक न्युजिल्यान्ड, अष्ट्रेलियका निर्देशक मिया गार्लिकले भने–हामी लगातार यस प्रकारका सामाग्री हटाउन काम गरिरहेका छौं । हमलासँग जोडिएका १५ लाख भिडियो हामीले विगत २४ घण्टामा हटाएका छौ .। १२ लाख भिडियो ब्लक गरिएको छ जुन अपलोड गरिएका थिए ।

अष्ट्रृेलियन सिनेटरमाथि अन्डा प्रहार
अष्ट्रेलियाकाको मेलबर्नमा एक युवकले अष्ट्रेलियन सिनेटर फ्रेजर एनिंगमाथि अन्डा प्रहार भएका छ । एक प्रेस सम्मेलन फ्रेजरले क्राइस्टर्चा मस्जिद हमलाका विषयमा बोलिरहेका थिए । सिनेटरले उक्त हमलाको निन्दा गर्दै आप्रवासीलाई यसका लागि जिम्मेवार ठहर्याएका थिए । आप्रवासीका बारेमा कुरा गरिहँदा एक युवकले पछाडीबाट उनको टाउकोमा अन्डा प्रहार गरेका थिए । ती आरोपीले यस क्रममा आफनो फोनबाट भिडियो बनाइरहेका थिए ।

बे्रन्टनकी हजुरआमा अचम्भित
अष्ट्रेलियाली आक्रमणकारी ब्रेन्टन टेरेन्टका परिवार सदस्यले पनि उक्त हमलाको निन्दा गरेका छन् । ब्रेन्टनकी हजुरआमाले भनिन्– यो हाम्रो लागि आश्चर्य पाने घटना हो । यसतो हुन सक्छ भन्ने हामीले सोच्न पनि सक्दैनथ्यौं । उनी हालै मात्र युरोप घुमेर फर्केका थिए । उ युरोप यात्राका क्रममा श्वेत राष्ट्रवादी विचारधारसँग आबद्ध हुन्छ र यो घृणालाई हिँसामा परिवर्तन गर्छ भन्ने हामीलाई थाहा थिएन ।

आक्रमणकारी ब्रेन्टन टेरेन्टले फेसबुकमा १७ मिनेटसम्म गोलाबारीको लाइभ स्ट्रिमिंग गरेका थिए । उनी अपरान्हको नमाजको समय हतियार लिएर मस्जिद पुगेको र गेटमा उनलाई एक ब्यक्तीले अविवादनमा ‘हेलो ब्रदर ‘ भनेका थिए । त्यसपछि पनि आक्रमणकारी उनलाई बन्दुक ताकेर अगाडी बढेका र गोली प्रहार गरेका थिए । यो सबै दुष्य लाइभ स्ट्रिमिंगमा रहेको भिडियोमा कैद भएको थियो ।

शनिबार अदालतमा पेश गरिएका आरोपी अष्ट्रेलियाली नागरिक टेरेन्टले कुनै अपसोच देखाएको थिएन । उनले ‘ठीक छ‘ संकेट गरि देखाएका थिए । यो संकेट श्वत नस्लवादी समुहद्वारा प्रयोग गरेको पाइन्छ । उनको मनमा इस्लाम मात्र होइन अश्वेत प्रति नै घृणा भाव थियो ।

 

ट्रम्पको प्रतिक्रियाको जवाफ

द वासिङटन पोस्टको सम्पादकिय बोर्डले न्युजिल्यान्डको क्राइस्टचर्च स्थित दुई मस्जिदमा आम नागरिक माथि भएको गोली प्रहाका सम्बन्धमा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको प्रतिक्रियामा जवाफ दिएको छ ।

श्वेतवादी बन्दुकधारीले कम्तिमा ४९ जनाको ज्यान लिने गरि भएको हमलामा दिएको आफनो प्रतिक्रियामा ट्रम्पले विश्वमा स्वेत राष्ट्रवाद खतराका रुपमा उठिरहेको आफुले नदेखेको दावी गरेका थिए ।


‘त्यो गलत सन्देश हो ‘ पोस्टको बोर्डले सम्पादकियमा लेखेको छ । ‘यद्यपी उनले न्युजिल्यान्डका संदिग्धको ‘प्रतिस्थापन‘ विचारधारा सभ्य भाषामा उनले अस्विकार्य भएको बताउन चाहेको प्रष्ट हुन्छ ‘।

ट्रम्प ‘ इस्लाम प्रति घृणा फैलाउने बयानको आफनो इतिहास र मुख्य रुपमा मुस्लिम राष्ट्र प्रति लक्षित यात्रा प्रतिबन्धका वावजुद त्रासदीका लागि दोषी छैन ‘ भन्ने एक बयानलाई पनि बोर्डले विशेष जोड दिएको छ ।

तर उसले आफनो घोषणापत्रको निन्दा गर्दै ‘आफु भन्दा अगाडी बढ्न‘ र आरोपी हत्याराको निन्दा गर्न आह्वान गरेको छ ।