भारतीय प्रधानमन्त्री मोदीले राखे आफ्नै नामको अगाडी ‘चौकीदार’


काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामका अघि चौकीदार थपेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले नामका अघि चौकीदार राखेका हुन्। मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकिदार भएको बताउँदै आएका छन्।

उनले केहि दिन अगाडी एक कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार रोक्ने अभियानमा लागेका जुनसुकै व्यक्ती देशका चौकीदार हुनसक्ने बताएका थिए ।तर, प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए।

गान्धीको त्यही भनाइको जवाफमा मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन्। भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू हुँदैछ। भारतमा लोकसभाका लागि अप्रिल ११ देखि आमचुनाव शुरु हुँदैछ।