गोरु काटने रङ्गेहात समातिए

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
गोरु काट्दै गरेको अवस्थामा एक व्यत्ति रङ्गेहात पक्राउ परेका छन् । झापा कचनकबल गाउँपालिका ४ स्थित खुट्टामुनी भन्ने स्थानबाट सोही वडाका ४५ वर्षिय फत्ते मोहमद मियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सशस्त्र र जनपथ प्रहरीको गस्ती टोलीले शनिबार विहान ९ बजे मियाँलाइ घटना स्थलबाट नै पक्राउ गरिएको जिल्लाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जनाए ।

मानिसलाइ जिल्ला प्रहरी कार्यालय पठाइएको र गोरुलाइ स्थानीय, जनप्रतिनिधि, पशु क्वारेन्टाइनको रोहवरमा गाडिएको इलाका प्रहरी कार्यालय वनियानीका सइ उदयशम्शेर राणाले जानकारी दिए । पक्राउ परेकालाइ निषेधित पशु महल अनुसार मुद्दा दर्ता भइ कम्तिमा तीन वर्ष कैद सजाय हुनसक्ने कानूनमा उल्लेख भएको डिएसपी श्रेष्ठको भनाइ छ ।