सभामुखदेखि सभासदसम्मलाई काठमाडौं मल व्यापार संघले बुझायो ज्ञापनपत्र

0
Shares

काठमाण्डौं, काठमाण्डौं मल व्यापार संघले मलको समस्याको विषयमा सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष सुषमा महरा र मलका ब्यवसायी प्रतिनिधिहरुले सभामुख महरालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । काठमाण्डौं मलमा सञ्चयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि मलका व्यवसायी आन्दोलित भएका हुन् ।

साथै सोहि प्रतिनिधि मन्डलले सभासद कृष्ण गोपाल श्रेष्ठ, डा.अजय क्रान्ति शाक्य, चन्दा चौधरी र हृदेश त्रिपाटीलाई छुटा छुटै भेटि ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महराका अनुसार भोलि अर्थ मन्त्रिलाई भेटी ब्यवसाय सुरक्षाका निम्ती पहल गर्ने , सन्चयकोष घेराउगर्ने र सन्चयकोषका कर्मचारीले गरेका भष्ट्रचार र अनियमिता लाई लिएर आमरण अन्सन बस्ने बताए ।

ज्ञापन पत्र
राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई अझ प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान र संचयकोष लाई यहाँ ब्यापार गरीरहेको ब्यवसायीहरुले करिव १ अर्व ६६ करोड समेत भुक्तानी गरीसकेको छ ।

तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको छ । यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् । सरकारी भवनको लाभ यो मलमा पसिना बगाइरहेका व्यवसायी र सरकारलाई नभइ विचौलियाले लिँदै आइरहेको पछील्लो घटना क्रमले प्रस्ट पारेको छ । ठेकेदारहरु लामो समय नटिक्ने जस्ता कारणले ठेकदार संग लामो समयको सम्झौता गरेर बसेका ब्यवसायको विचल्लीको अवस्था सृजना भएको छ ।

निकै कस्टकर अवस्थामा ब्यवसाय गरिरहेका ब्यवसायीहरुको अनुरोमा संचय कोष आफै आएर ब्यवस्थापन समाल्न थाले पछी डुबेका ब्यपारीहरुले केहि राहतको महसुस गर्न नपाउदैँ विस्तृत योजना , ब्यवसायहरुको पुनरब्यवस्थापनलाई ध्याननै नदिई २१ दिन भित्र ब्यवसाय गरिरहेका ठाउँ खालि गर्न निकालिएको सुचना न्याय संगत देखिदैन त्यसैले ब्यपारीहरुको अर्वौ रुपैया जोखिममा परेको छ ।

मल एउटा भवन मात्रै नभइ व्यवसायिक केन्द्र पनि भएकाले यसको आफ्नै प्रतिष्ठा छ । जुन सिधा यहाँ व्यवसाय गरिरहेका ३ सय व्यवसायीहरु र ३ हजार कामदार सँग जोडिन्छ । उनीहरुले आफ्नो व्यवसायलाई नाफामुखी मात्रै नभइ सेवामुखी समेत बनाएकाले नै एउटा भवन आज आमजनको विश्वासिलो किनमेल केन्द्रका रुपमा सुपरिचित छ । व्यवासाय क्षणिक लाभका लागि मात्रै गरिँदैन । दीर्घकालिन लाभको अपेक्षा सहित घरखेत बन्दकी राखेर गरिएको हुन्छ । काठमाडौं मलमा व्यवसाय गर्नेहरुले पनि भविष्यको आशाले वर्तमानमा संघर्ष गरिरहेका हुन् । अनेक उपाय अपनाएर ग्राहकको विश्वास जितेका हुन् ।

यसरी लागिरहेका व्यवसायीहरुलाई ढुक्क आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनको सट्टा फेरि पनि अस्थिरता सिर्जना गरेर कर्मचारी संचयकोषले समेत त्रासपूर्ण वातावरण बनाउने काम गरेको छ । २ महिना विति सक्दा पनि भाडा निधारण गर्न सकेको छैन साथै प्रत्यक संचय कोषका कर्मचारीले कहिले कर कार्यालयको अफिस राख्ने कहिले नगर पालिकाले सबै भवनमा अफिस राख्नलागेको छ । जस्ता कुरा गर्ने र ब्यवसायीहरुले सम्पूर्ण भवन जसरी पनि छाडनै पर्छ जस्ता दिनानु दिनका भ्रमपूर्ण कुराले ब्यापारीहरु आत्म हत्याको वाटो रोज्नु पर्ने अवस्था सृजना भईसकेको छ ।

तसर्थ कमचारी सञ्चय कोषले यस ब्यपारीक केन्द्रलाई ब्यवस्थीत र २०६२ साल देखि ब्यवसाय गरीरहेको ब्यवसायीहरुको हितलाई मध्य नजर गरेर काम गरीदिनहुन र फेरि पनि विचौलिया जन्माउने पैसाको चलखेल गर्ने मौका दिने जस्ता कार्य नगरीदिन अनुरोध गर्दछौं ।