बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले मधेशेस गठबन्धनका संयोजक डा. सिके राउतलाई पुन: पक्राउ गरि तत्काल कारबाही गर्न माग गरेका छन् ।
अध्यक्ष थापाले सरकार र सिके राउत दुवै पक्षले गरेको ११ बुँदे सहमती रहस्यमय रहेको भन्दै विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाही गर्न माग गरेका हुन् ।
‘विखण्डनको एजेण्डा छोडेको कतै देखिएन, स्वतन्त्र मधेश गठवन्धन विघटन गरेको पनि देखिएन, ‘सहमतिपछि पटकपटक दोहोर्याएर पढ्यौं, उनले भने, ‘राउतको फेसबुक स्टाटस र जनकपुरको प्रदर्शनले सहमति रहस्मय बनेको छ । विखण्डनकारी नारा लगाउँदा पनि सरकार मौन रहेको आरोप लगाउँदै थापाले सीके राउतलाई पक्राउ गरि तत्काल कारबाही गर्न माग गरेका छन् ।











प्रतिक्रिया