भन्सारमा कर्मचारीका बेदनाः कञ्चनपुर बसाईका दिन गन्दै हाकिमसाप !

0
Shares

विहानै उठेर एकदिन छोट्याएको अनुभुती

मनोज भट्ट, महेन्द्रनगर ।
विहानै उठेर भित्तामा रहेको भित्तपात्रोे हेर्दै कञ्चनपुरमा आफ्नो कार्यकालका दिन अब यत्ति बाँकि, फेरि अर्को दिन त्यहि प्रकृया, यत्ति दिन बाँकि, उत्ति दिन बाँकि । उहाँ कञ्चनपुर आउनु भएको आइतवार ठिक ४९४ दिन अर्थात १६ महिना १४ दिन भए । उहाँको कार्यकाल एक जिल्लामा २ वर्षको हुन्छ । कार्यालयको कुनै एक विभाग प्रमुखलाई कञ्चनपुरको यस्तो दयनिय अवस्था र परिवेशले आफ्नो कार्यकाल अवधीबाट प्रत्येक दिन भित्ते पात्रो हेर्दै दिन गन्नु पर्ने अवस्था सिर्जना भएको भएको हो ।

उहाँ भन्नाले, कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत रामप्रसाद पोखरेल । कञ्चनपुरमा गत १२ कार्तीकमा भन्सार अधिकृत भएर आउनु भएका पोखरेल र सोहि कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीको पनि उस्तै व्यथा छ । उनि यहि कार्तीकमा कञ्चनपुर भित्रिएका हुन् । कञ्चनपुर भन्सार कार्यालयको प्रमुख भएर यहाँ आएबाट उनले पनि यसरी नै दिन गिन्ती गर्दै आएका छन् ।

दिन गिन्ती गर्दै, भित्तेपात्रो हेर्नुको एकमात्र कारण हो, कञ्चनपुरका जनताको परिवेश र यहाँको दयनीय अवस्था । उस्तै पनि निर्मला हत्याकाण्ड पछि, बढि सेवाप्रदायक कार्यालयका कर्मचारी तथा कार्यालय प्रमुखको मुटुको ढुकढुकीको गतीले समेत झस्काईरहेको पाइन्छ । कुनबेला के हुँने हो । आफु माथी कस्तो अंकुश लाग्ने हो, भन्ने सन्नाटा छाइरहेको पाइन्छ ।

त्यसमाथी भन्सारले कयौं किसीमका मान्छेहरुलाई राजश्व तथा करको दायरामा उभ्याउने काम गर्दछ । भन्सार छली देखि लिएर विभिन्न अखाद्य वस्तुहरु भित्रिनबाट रोक्नु पर्ने काम छ । बिहान एक छाक खाएर बेलुकाको अको खाक टार्नका लागि साईकल घिसार्दै क्यारिङ्ग गर्ने महिलाहरुका बेदनाले मन थाम्नु पर्ने मानवत्वको घेराभित्र पर्नु पर्ने स्थिती रहेको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा १ देखी झण्डै ४ बजे सम्मको समयमा साइकलमा क्यारिङ्ग गर्ने महिलाहरुको मेला हुन्छ । जहाँ नजिकको भारतीय बजार बनबासबाट साहुँको समान क्यारिङ्ग गर्ने ९५ प्रतिशत महिलाहरुको उपस्थिती हुन्छ । एक साइकलमा एक देखी दुई क्युन्टल सम्म पनि समान ओसारेको पाइन्छ । भन्सार कार्यालय गड्डाचौकी बाट सात किलोमिटरको दुरीमा रहेको भारतीय बजार र भन्सार कार्यालय, गड्डाचौकीबाट सात किलोमिटरको दुरीमै रहेको छ महेन्द्रनगर बजार ।

अधिकांश महिलाहरुको क्यारिङ्ग एक गरिखाने पेशा बनेको छ । तर उक्त क्यारिङ्गको लाभ भने साहुँले उठाएको पाइन्छ । बिहान बेलुका के खाउँ रु के लाउँ भन्ने समस्या भएका महिलाहरुका वेदनाले भन्सार इन्सपेक्टर अर्थात जाचकी देखि कार्यालय प्रमुख सम्म प्रभावित हुँने गरेको पाइएको छ ।

साहुँबाट समानको ढुवानीको मात्रै पैसा पाइने, तर आफैले उक्त ढुवानी अर्थात क्यारिङ्गको पैसाले नै समान अनुसारको भन्सार तिर्दा ढुवानीकर्ताको मेहनत पनि वालुवामा पानि हुने भएकोले अधिकांश ढुवानीकर्ताहरुले भन्सार छल्न खोज्ने गरेको कुरा कार्यालय प्रमुख अधिकारी नै स्विर्काछन् ।

यताको माहोल र भन्सारमा देखिने विभिन्न किसीमका दयनीय बेदनाहरुले आफ्ना दिन अझै कञ्चनपुरमा कती छन्, भनेर दिन गिन्ती गरिने गरेको अधिकारीद्वयहरुको भनाई छ । जनताहरुमा जनचेतना भएको तर व्याक्तिगत लाभका लागि नै साहुँ देखि ढुवानी कर्ता सम्म व्यवहारमा उत्रीन नसकेको भन्सार अधिकृत पोखरेलको गुनासो रहेको छ ।

यो बर्षकोे माघ मसान्त सम्ममा कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले २३ करोड भन्सार उठाएको पाइएको छ । आर्थीक वर्ष २०७५÷७६ को लक्ष्य भनेको ४१ करोड मात्रै रहेको छ । कार्यालयले माघ सम्मको तथ्यांक हेर्दा १०७ प्रतिशत लक्ष्य हासिल गरेको छ ।