प्रचण्डले भनेः विप्लव समूहले १५ वर्ष अगाडि गरेको जनयुद्धको नक्कल गर्न खोज्यो, तर यो पार लाग्दैन

0
Shares

विजय नेपाली, पोखरा ।
नेपाल कम्युतिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले विल्लव समूहले १५ वर्ष अगाडि आफुले गरेको जनयुद्धको नक्कल गर्न खोजेको बताएका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले विप्लव समुहलाई वार्तामार्फत मुलधारको राजनीतिमा आउन आग्रह गरेका छन् ।

तर, १५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने उनको बताएका छन् । उनले विप्लव समूहलाई राम्रोसँग चिनेको बताउँदै उनले भने ‘पार्टीले झण्डै २५ वर्षपछि गरेको कुरालाई नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन ।

त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदर आइसकेको छ ।’