मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको एक अस्थायी क्रसर उद्योगमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार बिहान करिब ३ बजे कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरब विल्र्डसको क्रसर उद्योगमा आजगनी गरेको हो । आगजनीबाट उद्योगको से १ क २५८ जेसिभीजलेर क्षति पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिजेल÷पेट्रोल छर्केर आगजनी गरिएको छ । घटना स्थलमा महाकाली गौरब विल्र्डस माथिको कार्बाही किन ? भन्ने पर्चा फेला परेको छ । पर्चामा मापदण्ड विपरित क्रसर उद्योग संचालन, मजदुरको श्रमशोषण गरेको, राज्यको सम्पत्तिमा दोहन, ठेक्का लिएको काम समयमै नगरेको, सुधारका लागि जनस्तरबाट सुझाव दिँदा पनि नमानेको आरोप लगाईएको छ ।
इन्कलाद जिन्दावाद नामद्वारा हस्ताक्षर गरिएको पत्रमा उद्योगलाई कमजोरी सच्याउन चेतावनी दिईएको छ । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
क्रसर उद्योगका संचालक प्रमानन्द कपाडीले उद्योगमा आगजनी भएको बिहान मात्रै थाहा भएको बताए । उनले मापदण्ड अनुसारै उद्योग संचालन भईरहेको बताए । उनका अनुसार अहिलेसम्म कुनैपनि मजदुरको श्रम शोषण गरिएको छैन ।
सरकारी निकायबाटै काम रोकिएकाले मालुबेला–गुलरिया रैकवारको २३ किलोमिटर सडकको काम असोजदेखि रोकिएको बताए । ‘संघ सरकारबाट यो सडक प्रदेशमा गएको हो, ‘उनले भने, ‘सडक डिभिजन कार्यालयबाटै काम रोक्नका लागि आदेश आए अनुसार हामीले त्यहाँ काम गरेका छैनौँ, तर गिट्टी कुट्ने काम भने भईरहेको छ ।’ उनले ४५ लाख पर्ने जेसिभी जलेर नष्ट भएको बताए । साथैसँगै रहेको एक टेक्टरमा समेत क्षति पुगेको छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले राज्यले निर्माण व्यवसायीको सुरक्षा गर्नुपर्नेमा जोडदिदै आगजनी गर्ने समुहमाथी कार्बाहीको माग अघि सारे । पुर्वपश्चिम महेन्द्रराजमार्ग क्षेत्रमै दुई बर्षअघि संचालनमा आएको क्रसर उद्योग खुल्ने समयमा बेला स्थानीयले बिरोध गरेका थिए । स्थानीयले कृष्णपुर नगरपालिकामा मापदण्ड विपरित उद्योग संचालन भएको भन्दै बन्द गर्न अथवा ठाँउ सारिका लागि लिखित निवेदन दिएका थिए । स्थानीय सरकारकै मिलोमतोमा मापदण्ड विपरित राजमार्ग, मन्दिर, सरकारी कार्यालय र बस्तीमै उद्योग संचालन गर्न दिएको आरोप छ ।
कञ्चनपुर प्रहरीले घटनाको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले आगजनी गर्ने समुहको खोजी भईरहेको बताए । उनले कसले किन ? के कारणबाट आगजनी गरेको हो ? भन्ने विषयमा प्रहरी परिचालन गरेको अनुसन्धान थालिएको बताए ।











प्रतिक्रिया