भारतको आम निर्वाचन सात चरणमा समपन्न हुने


नयाँदिल्ली,(एजेन्सी)
भारतको आम निर्वाचन अप्रिल र मे महिनाबिच सात चरणमा समपन्न गरिने आइतवार निर्वाचन आयोगले जनाएको छ । नयाँ लोक सभा वा संसदको तल्लो सदनको लागि विधायकहरु छान्न आगामी ११ अप्रिल देखि १९ मे सम्म चुनाव हुने बताइएको छ । सो चुनावको मतगणना २३ मेमा शुरु गरिने छ । करिव ९० करोड वैधानिक मतदाता रहेको भारतको चुनाव विश्वकै सबैभन्दा ठूलो मानिएको छ ।

भारतिय प्रधानमन्त्री नरेन्द« मोदीको सत्तारुढ भारतिय जनता पार्टीले प्रमुख विपक्षी पार्टी कंग्रेस र अन्य क्षत्रिय पार्टीहरुसंग प्रतिस्पर्धा गर्नेछ । दुईवटा शक्तिशाली क्षेत्रिय प्रतिद्वन्द्वी पार्टीले भारतको सबैभन्दा बढि जनसंख्या भएको राज्य उत्तर प्रदेशमा भारतिय जनता पार्टी विरुद्ध मोर्चावन्दि गरेका छन् ।
भारतको संसदका ेतल्लो सभामा कूल ५ सय ४३ सिट निर्वाचित हुने छ । कुन ैपार्टी वा गठबन्धनले सरकार बनाउन कम्तिमा २ सय ७२ जना विधायक तयार पार्नुपर्ने हुन्छ । यसपालि ९० करोड भन्दा अठार वर्ष माथि उमेरका भारतियले १० लाख मतदान केन्द«मा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

युरोप र अष्ट्रेलियाका ेकूल जनसंख्या भन्दा भारतिय मतदाता संख्या ठूलो रहेको छ । भारतिय जनताले चुनावमा राम्रो उत्साह देखाउने गरेका छन् । सन् २०१४ को निर्वाचनमा कूल मतदाता मध्ये ६६ प्रतिशत भन्दा बढिले मताधिकार प्रयोग गरेका थिए ।

साथै सन् १९५१ को पहिलो निर्वाचनमा ४५ प्रतिशत मत खसेको थियो । सन् २०१४ को चुनावमा ४ सय ६४ वटा पार्टीका ८ हजार २ सय ५० जना भन्दा बढि उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । भारतको संचार अध्ययन केन्द«ले पार्टीहरु र उम्मेदवारहरुले सन् २०१४ को चुनावमा करिव ५ अर्व अमेरिकी डलर खर्च गरेको अनुमान गरेको थियो ।

यसपालिको लोक सभाको चुनाव ११ अप्रिल , १८ अप्रिल , २३ अप्रिल , २९ अप्रिल , ६ मे , १२ मे र १९ मेमा हुने छन् । भारतका केहि राज्यहरुमा थुप्रै चरणमा निर्वाचन सम्पन्न हुनेछन् । सन् १९५२ देखि १९५२ सम्म भएको भारतको पहिलो उेतिहासिक चुनाव सकिन तीन महिना लागेको थियो । यसैगरी सन् १९६२ देखि १९८९ बिचका चुनाव चार देखि दस दिनमा सम्पन्न भएको थिए । सन् १९८० को चुनाव सबैभन्दा छोटो समय अर्थात चार दिनमा समपन्न भएको थियो ।

सन् २०१४ को चुनावमा कंग्रसले सबैभन्दा ठूलो पराजय भोग्नु परेको थियो । त्यतिवेला २ सय ६ वटा सिट रहेका कंग्रेसका सिट झरेर ४४ मा सिमित हुन पुगेको थियो । साथै त्यतिवेला कंग्रसले कूल मतको २० प्रतिशत भन्दा कम मत प्राप्त गरेको थियो ।

राज्य सभाको चुनावमा पनि नराम्ररी पराजित हुन पुगेको कंगैस र यसको गठबन्धनले सन् २०१८ को मध्य सम्ममा केवल तीनवटा राज्य सरकार मात्र बनाउन सेको थियो । जबकी भारतिय जनता पार्टी र यसका साझेदारले बिसवटा राज्य सरकार बनाउन सफल भएको थियो । नेहरु गान्धी परवारको चौंथो पुस्ता तथा कंग्रसका नेता राहुल गान्धी सामाजिक संजालमा उक्त चुनावी पराजयको कारण ठटाको विषय बन्न पुगेका थिए ।