सुनील महर्जन, काठमाडौं
कर्मचारी समायोजन अन्तिमचरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुनसकेको छैन ।
संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेको छ । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ जना रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेकोमा संघमा नै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् ।
सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नया“ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेको छैन ।
केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबू पण्डितले भने ५५ हजार कर्मचारी समायोजन भइसकेको र बाँकी सबै यही फागुन मसान्तभित्र गरिसक्ने बताउनुभएको थियो ।
उक्त मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार प्रदेशमा ८ हजार १ सय ५५ र स्थानीय तहमा ८ हजार ५ सय ४७ कर्मचारी समायोजन गरिएको छ । प्रदेशमा आवश्यक भन्दा तीन र स्थानीय तहमा नौ गुणा कम कर्मचारी समायोजन भएका हुन् । अहिलेसम्म करिब २५ हजार कर्मचारी समायोजन गर्न बा“की छ । समायोजन हुन बा“की रहेका अधिकाशंको रोजाई संघ नै छ ।
समायोजनका लागि करिब ७७ हजार कर्मचारीले फाराम भरेका थिए भने करिब १३ हजार कर्मचारीले समायोजन फारम भरेका थिएनन् ।
संघमा ४७ हजार ९ सय २० कर्मचारी आवश्यक रहेकोमा ३४ हजार ३ सय ९१ समायोजन भइसकेका छन् भने १३ हजार ५ सय २९ को समायोजन बा“की छ ।
तर प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिमध्ये आधा पनि समायोजन भएको छैन । प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी रहने बताइएको छ । यद्यपि यी सबै कर्मचारी समायोजन भए पनि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावै हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश र स्थानीय तहमा प्रशासनिक काम अघि बढाउन थप कर्मचारी भर्ना गर्नै पर्ने हुन्छ ।











प्रतिक्रिया