इथियोपियन एयरको बिमान दुर्घटना, एक नेपालीकाे मृत्यू

0
Shares

नैरोबी (एजेन्सी) । इथियोपियाबाट केन्याकालागि उडान भरेको एक यात्रु वाहक विमान दुर्घटना हुदा १ सय ४९ यात्रु तथा चालक दलका ८ सदस्यको मृत्यु भएको छ ।

इथियोपियन एयरलाइन्सका प्रवक्ताले बोइंग ७३७ यात्रुबाहक विमान दुर्घटना ग्रस्त भएको र त्यसमा रहेका सबै यात्रु चालकदलका सदस्यको मृत्यु भएको बताउनुभएको छ । विमानमा ३३ देशका नागरिकले यात्रा गरिरहेको बताइएको छ ।

राजधानी अदिसअबाबाबाट नैरोबीको लागि उडान भरेको उक्त विमान उडेको ६ मिनेटमा नै सम्पर्क बिहीन भएपछि दुर्घटनामा परेको थियो ।
विमान बिसोफ्टु सहर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ । राजधानी अदिसअबाबाबाट दुर्घटनास्थल करिब १ घण्टाको दुरीमा रहेको छ । (बिस्तृत पृष्ठ ८ मा)