सत्तापछिय गाउंपालिका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारद्वारा पार्टी परित्याग

0
Shares

यमलाल भुसाल, बुटवल ।

सरकारले सुशासनका लागि शुन्य सहनशिलतामा सम्झौता हुन नसक्ने भन्दै गर्दा रुपन्देहीको सम्मरीमाइ गाउँ पालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले भ्रष्टचारीलाई सत्तारुढ दलले साथ दिएको भन्दै नेकपा परित्याग गर्नु भएको छ् ।

गाउंपालिका अध्यक्ष जितेन्द्रदेव शुक्ला र निजकी श्रीमती रुपन्देही ४(१) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले एक हजार बढी कार्यकर्तासहित पार्टी परित्याग गरेको आईतवार मर्चवारस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरि घोषणा गर्नु भएको हो ।

सो ठाउँबाट नेपाली कांग्रेसका अष्ठभुजा पाठकले प्रदेश सभा निर्वाचनमा जियी हुनु भएको छ । तर शुक्लाकी श्रीमती पल्लवीले चुनाव हार्नु भएको हो ।

स्थानीय तहको निर्वाचनमा विजय कुमार गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघि तत्कालिन नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

शुक्ला परिवारलार्ई तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी प्रवेश गराउनु भएको हो ।

प्रदेश ५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आफ्नो सहमतिविपरीत ‘भ्रष्ट’ कर्मचारी मुस्लिम खान र प्रमिला सिंहलाई राखेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको छ् ।

मेरो वडामा समेत पार्टीले कमिटी गठन गर्दा समेत आफूलाई जानकारी नै नदिएको भन्दै पार्टीले अन्याय गरेकाले पार्टी नै परित्याग गरेको शुक्लाले पत्रकार सम्म्ेलनमा बताउनु भयो ।