राउतसँगको सहमतिमा कोही पनि झुकेको छैनः गृहमन्त्री थापा

0
Shares

काठमाडौं, (नेस) ।
गृहमन्त्री रामबहादुर थापाले शुक्रबार स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त (सिके) राउतसँग सरकारले गरेको सम्झौताबारे प्रतिनिधिसभाको बैठकमा स्पष्ट पार्नुभएको छ ।

सांसदहरुले सरकारको जवाफ मागेपछि गृहमन्त्रीले जवाफ दिनुभएको हो । उहाँले देशमा बिखण्डन गर्ने र भइरहेको शासन व्यवस्थालाई कमजोर पार्ने अलोकतान्त्रिक शक्ति भएको दावी गर्नुभयो ।

उहाँले राउतसँग गरिएको सम्झौताले देश बलियो बन्ने बताउनुभयो । बैठकमै केही समयअघि नेकपाकै सांसद भीमबहादुर रावलले सम्झौता संविधानविपरीत भएको भन्दै सरकारको जवाफ माग्नुभएको थियो ।

‘सरकारले आत्मसमर्पण गरेको छैन, सरकारले राष्ट्रिए एकता र अखण्डताको संरक्षण गरेको छ’ गृहमन्त्री थापाले भन्नुभयो ‘ सरकारले लोकतान्त्रिक विधिद्धारा केही समूहका असन्तुष्टिलाई पूरा गर्न सक्छ भन्ने प्रमाणित भएको छ ।’

थापाले सहमतिका बूँदा स्पष्ट भएको प्रष्ट पार्नुभएको छ । उहाँले स्वतन्त्र मधेशको लक्ष्य त्यागेर राष्ट्रिय स्वार्थमा प्रवेश गरेको जानकारी दिनुभयो ।
स्पष्ट शब्दलाई अस्पष्ट भनिएकामा सरकार आश्चर्यचकित भएको उहाँको प्रतिक्रिया छ । उहाँले असंवैधानिक र अलोकतान्त्रिक शक्तिलाई राज्यले नियन्त्रणमा लिने समेत बताउनुभयो ।

मन्त्री बादलले सहमतिमा प्रयोग भएको ‘जन अभियान’ भन्ने शव्दले मधेश टुक्रयाउँछ भन्ने नबुझ्न संसदसमक्ष प्रष्ट पार्नुभयो ।