पुलवामा आक्रमणः छोराको लाश घर आइपुगेको छैन, अधुरोपना महसुस भइरहेको छ


श्रीनगर, (एजेन्सी)
भारत प्रशासित काश्मिरको पुलावामा आत्मघाती आक्रमण गर्ने आदिल डारका पिता गुलाम हसन डारले छोराको लाश नपाएकोमा निराशा व्यक्त गरेका छन्। बीबीसीसँगको छोटो कुराकानीमा हसन डारले भने– ‘लाश घर आएको छैन। छोरालाई गाड्न पाएको छैन, त्यसैले अधुरोपना महसुस भइरहेको छ।’

सीआपीएफका ४० जवानको मृत्युमा उनलाई अफसोच छैन, भन्ने प्रश्नको जवाफमा डारका पिताले भने– ‘सुरक्षाकर्मी पनि आफ्नो काम गर्न आएका हुन्, उनका परिवारले पनि उनीहरूको नोक्सानबाट पीडित छन्। हाम्रोजस्तै केही परिवारले आफ्ना छोराको लाश पाएका छैनन् होला, उनीहरू पनि यो दुःखलाई महसुस गरिरहेका होलान्। आदिलका सम्बन्ध जैश ए मोहम्मदसँग थियो तर पुलवासहित पुरै दक्षिण काश्मिरमा पाकिस्तानबाट सञ्चालन हुने गरेको जैस ए मोहम्मद र लश्कर ए ताइबाका गतिविधिहरू कम छन्। दक्षिण काश्मिरमा हिज्बुल मुजाहिद्दिन सबैभन्दा धरै सक्रिय रहेको जानकारहरू बताउँछन्।

हिज्ब उल मुजाहिद्दिनको नेतृत्व कुनैबेला शिक्षक रहेका ३३ वर्षीय रियाज नाइकुको हातमा छ। नाइकुको नाम काश्मिर घाटीको मोस्ट वान्टेडहरूको सूचीमा सबैभन्दा माथि छ। नाइकुको गाउँ पुलवामाको बेगपुरा हो, सात वर्षअगाडि गणित ग्य्राजुएसन गरेपछि नाइकुले हतियार उठाएका थिए। रियाज नायकुका परिवारले घरमा ढिलोचाँडो नाइकुको लाश नै आउँछ भन्ने मानेका छन्। जब कुनै इन्काउन्टर हुन्छ, मारिनेमा आफ्नो छोरा पनि परेको होला भन्ने लाग्ने गरेको नाइकुका पिता असदुल्लाह नाइकु बताउँछन्।

पृथक्तावादको समर्थन र पिताको भावनाबीचको द्वन्द्वका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने– ‘एक मुस्लिम हुनुको नाताले यो गर्भको कुरा हो , हामी यो गलत छ, भन्दैनौं। यदि ऊ लागूपदार्थ वा अवैध गतिविधिहरूमा संलग्न भएको भए , त्यसले हाम्रो नाम खराब हुन्थ्यो। तर हामीलाई राहत छ, ऊ सही काम गरिरहेको छ।’

के सोच्छ्न्, काश्मिर समाज ?
काश्मिरमा तैनाथ सरकारी अधिकारीहरूलाई के थाहा छ भने, स्थानीयबाट उनीहरूले सहयोग पाइरहेका छन्। डारको परिवार होस् या नाइकुको, यिनीहरू साधारण मान्छे हुन्। तर जब उनीहरूको सन्तान बन्दुक उठाउँछन् र मारिन्छन्, समाजमा उनीहरूले उच्च दर्जा पाउँछन्। कट्टरपन्थीहरूले स्थानीयको भरपुर सहयोग पाइरहेका छन्। यदि स्थानीयले उनीहरूलाई आश्रय नदिने, खानपानको व्यवस्था नगर्ने र प्रहरी आउनुअगाडि उनीहरूलाई सूचित नगर्ने हो भने यो हिंस्रक आन्दोलन टिक्नै सक्दैन।

अर्को पक्ष, सुरक्षा बलको पनि स्थानीयको बीचमा जासुसको एक ठूलो सञ्जाल छ। ती गुप्तचरहरूले लडाकूहरूका गतिविधिका बारेमा प्रहरीलाई सूचना दिएपछि नै उनीहरूको एन्काउन्टर सम्भव हुने गर्छ। तर स्थानीयको भरपुर सहयोग कै कारण नाइकुजस्ता लडाकूहरू बच्न सफल हुने गरेका छन्। एन्काउन्टरको समय गाउँलेहरू कहिले उनीहरूलाई भाग्नमा सहयोग गर्छन् र कहिले प्रहरीको अगाडि उभिएर अवरोध पु¥याउने र ढुंगामुढा गरी प्रहरीलाई उनीहरूसम्म पुग्न दिइरहेको हुँदैन।

पुलवामा फेब्रुअरी १४ मा सीआरपीएफको गस्तीमा भएको आत्मघाती हमलापछि भारत र पाकिस्तान युद्धको संघारमा पुगेको थियो। उक्त हमला जम्मु श्रीनगर हाइवेमा भएको थियो। हमला जुन स्थानमा भएको थियो, त्यहाँबाट २० वार्षिक आक्रमणकारी आदि डारको घर मात्र १० किलोमिटरको दूरीमा पर्छ। काकपोरा गाउँमा आफ्नो घरबाट एक वर्षअगाडि नै बेपत्ता भएका आदिल डार जैश ए मोहम्मदमा संलग्न भएको र भारत शासकविरुद्ध बन्दुक उठाएका थिए। डारको घर दुई तलाको छ, यो किसानको परिवार हो। पुलवामा हमलापछि पहिलो तलामा परिवारका सबै सदस्य बस्दै आइरहेका छन्। शुरुमा परिवारमा आदिलका दुई दाजु र पितालगायत कुनै पनि सदस्य बीबीसीसँग कुरा गर्न मानेका थिएनन्।