सामाजिक अभियन्ताको नाममा अनर्गल प्रचार, मापदण्डअनुसार निर्माण भइरहेको छः महानगर

282
Shares

ईश्वरराज ढकाल, काठमाडौँ
सामाजिक अभियन्ताको नाममा सर्वोच्च अदालतको फैसलालाई अपव्याख्या गर्दै न्युरोडमा निर्माणाधिन नियोक्यासिकल भवन महर्जन कम्प्लेक्सको विरुद्धमा विभिन्न निकायमा उजुरी दिँदै हिँड्ने गरेका छन् ।

सर्वोच्चको फैसलामा निर्माणसम्बन्धी मापदण्ड २०६४ को दफा ४ दशमलव २ मा परम्परागत शैलीमा बनेका पुराना घरहरुको उचाइ ३५ फिटभन्दा बढी रहेका र ती घरहरु पुनर्निर्माण गर्दा पहिलेकै उचाइमा निर्माण गर्न पाउने प्रावधान रहेको हँुदा सो भवन निर्माण गर्दा कुनै असर नपर्ने उल्लेख गरेको अवस्थामा सो फैसलालाई प्रभाव पार्ने गरी विभिन्न निकायमा उजुरी दिँदै हिँडेका हुन् । नक्सा स्वीकृत गर्ने निकाय काठमाडौं महानगरपालिकाको नक्साअनुसार निर्माणाधीन सो भवन उपत्यकाकै उत्कृष्ट भवनका रुपमा रहेको महर्जन कम्प्लेक्सको दाबी छ ।


सर्वोच्चको फैसलामा भवनको वेसमेन्टको सन्दर्भमा नेपालस्थित युनेस्को कार्यालयमा परेको उजुरी एवं विरोधपत्रको जवाफमा युनेस्कोले निर्माणाधीन घर विश्वसम्पदा क्षेत्र बाहिर रहेको र वेसमेन्टले भवनको संरचनालाई मजबुत पारेको, भवनको स्वरुप एकदमै सम्पदामैत्री एवं हनुमानढोका गद्दी बैठकसँग मिल्दो रहेको र हाल भइरहेको निर्माण कार्यले विश्वसम्पदाको विश्वव्यापी मान्यतालाई कुनै नकारात्मक असर नपर्ने भएकाले सो भवन निर्माण कानुनसम्मत देखिएको उल्लेख छ ।

तर समाजिक अभियन्ताले सर्वोच्चले ३५ फिट उचाइको मात्र भवन निर्माण गर्नु भनी आदेश दिएको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन् । काठमाडांै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सर्वोच्चको फैसलाअनुसार सो भवन मापदण्डविपरीत नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘हाल निर्माणाधीन सो भवन मापदण्डअनुसार नै छ ।’ कामपाको सहमति र नक्सा पासअनुसार भवन निर्माण गर्न मिल्ने उहाँको भनाइ छ ।

उहाँले सो भवन संरक्षित क्षेत्रभित्र नपर्ने भएकाले महानगरपालिकाको निर्णयअनुसार निर्माण हुने बताउनुभयो । सो कम्प्लेसले कामपाबाट ४ तला ३५ फिट अग्लो स्वीकृत लिएको छ । कामपाबाट ४ तला ३५ फिट अग्लो नक्सा स्वीकृत गरे पनि आफुहरुले ३ तला ३१ फिट निर्माण गरिरहेको जानकारी दिँदै कम्प्लेक्सका अध्यक्ष कृष्णलाल महर्जनले भन्नुभयो– ‘हामीले सम्मानित अदालतको निर्णय विपरीत कुनै संरचना निर्माण गरेका छैनौँ । तर अभियन्ताको नाममा अदालतको फैसलाको अपहेलना हुने गरी प्रचारबाजी गर्न थालिएको छ ।’

कामपा अनुगमन समितिका संयोजक एवं उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सर्वोच्चको फैसलाअनुसार भवन निर्माण गर्नुपर्ने बताउनुभयो । आफूले अनुगमन गर्दा सो भवन निर्माण भइरहेको देखेको र हाललाई ३५ फिट भन्दामाथि निर्माण नगर्न निर्देशन दिएको बताउनुभयो ।

कामपाले स्वीकृत दिएको मापदण्डअनुसार भवन निर्माण गर्न निर्देशन दिँदै उहाँले सर्वोच्चको फैसलाको अध्ययन गर्ने बताउनुभयो । उहाँले विश्वसम्पदा क्षेत्रबाहिरभन्दा पनि भित्र नियमविपरीत निर्माण भइरहेका भवनको समेत अनुगमन गरिने जानकारी दिनुभयो ।

विसं २०२४ सालमा नक्सा पास गर्दा त्यसको उचाइ करिब ५३ फिट थियो । सो कम्प्लेक्सले काठमाडौं महानगरपालिकाबाट वेसमेन्टसहितको ४ तला स्वीकृति लिएको थियो ।


‘हामीले कामपाको स्वीकृत मापदण्डभित्र निर्माण गरेको भवनले हनुमानढोका प्राचीन स्मारक संरक्षण क्षेत्रलाई कुनै असर पारेको छैन, युनेस्कोले समेत स्मारक क्षेत्रलाई आघात नपारेको उल्लेख गरेपछि निर्माण कार्य जारी राखेका हौँ’, मापदण्डको विषयमा अनर्गल प्रचार भएको बारेमा महर्जनले भन्नुभयो– ‘कानुनको पालन गर्दै मापदण्डअनुसार भवन निर्माण गरेका हौं ।’

उहाँले कामपाले २०७५ असार २७ गते जारी गरेको स्थानीय राजपत्र २०७५ अनुसार नै निर्माण कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । नयाँ मापदण्डको दफा ९ (ख) मा सो क्षेत्र मा ७ तला ६५ फिट बनाउन पाइने उल्लेख छ । यसअघि राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा ४५ फिट अर्थात् ५ तला अग्लो घर बनाउन पाइने पुरानो मापदण्ड खारेज गरिएको छ । अब संरक्षित उपक्षेत्रमा भवन निर्माण गर्दा घरको उचाइ फ्लोर एरिया रेसियो (फार) अधिकतम ६५ फिट अर्थात् ७ तला र मिश्रित पुरानो क्षेत्रमा अधिकतम ८ तला अर्थात् ७५ फिट हुने निर्णय भइसकेको छ ।

सर्वोच्चको फैसलामा सो भवन संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दा बाहिर सन्निकट क्षेत्र (वफरजोन) मा रहेको उल्लेख छ । सर्वोच्चले दिएको आदेशविपरीत केही समूहले भवन निर्माण रोक्न पुरातत्व विभागबाट पत्र लिएर पटक–पटक कामपाको २४ वडा कार्यालय पुगेका थिए । कामपाले सो कम्प्लेक्सले हालसम्म नियमअनुसार नै निर्माण गरिरहेको जनाएको छ । प्रवक्ता डंगोलले भन्नुभयो– ‘महानगरको जुन मापदण्ड छ, सोहीअनुरुप निर्माण भइरहेको छ ।’

एसोसियटसका अध्यक्ष महर्जनले अभियन्ताको नाममा उजुरी गर्नेहरुले उल्लेख गरेजस्तो कुमारी मन्दिर ऐतिहासिक नभएको जिकिर गर्नुभयो । तैपनि आस्थाको देवीको रुपमा पुजित कुमारी मन्दिरलाई उपयुक्त स्थानमा प्रतिस्थापन गर्ने स्पष्ट पार्नुभयो । डंगोलले कुमारी मन्दिरलाई परम्पराअनुसार नै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।


सर्वोच्चको पैmसलामा नागरिकको आफ्नो व्यक्तिगत सम्पत्तिमाथि निर्वाध रुपले उपभोग गर्न पाउने स्वतन्त्रता भएको एवं उक्त अधिकारमाथि संकुचन र नियन्त्रण गर्न उपयुक्त हुन सक्दैन भनी उल्लेख गरिएको छ । कम्पनीले भवनसँगै जोडिएको नासःध्योलाई जीर्णोद्धार गरिसकेको छ ।
२०७४ साल फागुनमा करिब १५ लाख रुपियाँ लागतमा सो मन्दिर जीर्णोद्धार गरिएको थियो ।

आउँदो साताबाट बुकिङ खुला रहने योजना रहेको नियोक्लासिकल भवनमा सबै संरचना ऐतिहासिक देखिन्छन् । भवनलाई सुहाउँदो बनाउन सटर राखिएको छैन । भवनको भुइँतलामा काठका कलात्मक ढोका राखिएको छ । ६० वटा पसल रहने र करिब १ हजारले रोजगारी पाउने भवनमा अत्याधुनिक सुविधायुक्त सेन्ट्रल एसी, फ्रेस एयरको लगातार सप्लाइ, जेनेरेटर ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, आधुनिक लिफ्टको व्यवस्था गरिएको छ ।

भवनको बीच भागमा खाली छाडेर बनाइएको छ । प्रालिले भवनमा २४ सै घण्टा सुरक्षाको व्यवस्था गरेको जनाएको छ । सञ्चालन भएलगत्तै करिब एक हजारले रोजगारी पाउनुको साथै यहाँ हुने आर्थिक क्रियाकलापले देशकै समृद्धिमा नयाँ आयाम थपिने महर्जनको दाबी छ ।