सीके राउतसँगको सम्झौताप्रति प्रतिक्रिया

0
Shares

काठमाडौं, (नेस)
सरकार र नेपाल टुक्र्याउने धम्की दिँदै आएका सीके राउतबीच शुक्रबार भएको भनिएको ११ बुँदे सम्झौताप्रति अनेक टीका–टिप्पणी भएका छन्।

सम्झौतालाई सत्तापक्षका नेताहरूले विखण्डनकारीलाई राजनीतिको मूलधारमा ल्याउनुलाई ठूलो उपलब्धि ठानेका छन् भने केही बुद्धिजीवी र नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले रहस्यमय भनेका छन्। कतिपयले सीके राउतले धोका दिएमा देश टुक्र्याउने अभियानमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै सहभागी भएको इतिहास बन्ने बताएका छन्।

सरकारसँग भएको वार्तालगत्तै सीके राउतले मधेसमा गर्नुपर्ने आफ्नो जनमत संग्रहको मागमा सरकार सहमत भएको दाबी गर्नुभएको छ। राज्यविप्लवको मुद्दा खेपिरहेका राउतलाई बिहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको थियो।