झापाको उत्तरी क्षेत्रमा रोकिएन काठ तस्करी

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
झापाको उत्तरी क्षेत्रबाट अवैध रुपमा काठ तस्करी बढेर गएको छ । जिल्लाको उत्तरी क्षेत्रका खुदुनाबारी,होक्से,बुधबारे,टिमाइ लगायतका वन क्षेत्रबाट चिरान तथा तयारी काठ कारोबारीले भारत तर्फ लैजादै आएका छन् । नेपाल प्रहरी, वन रक्षक, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी परिचालित भएपनि कारोबारीले काठ तस्करीलाइ जारी राखेका छन् । भारतमा काठ नपाइने भएकोले यसको माग उच्च रहेका कारण प्रायःभारत तर्फ लैजाने गरेको विभिन्न घट्नाक्रमले पुष्टि गरेको छ ।

सुरक्षाकर्मीले केही मात्रामा काठ बरामद गरेपनि पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन । घटना विवरण अनुसार सशस्त्र प्रहरीले शुक्रबारपनि तयारी काठसँगै गाडी र चालककालइ समाएको छ । विर्तामोड नगरपालिका ५ सैनिक वजारबाट मे १ च २४६७ नम्बरको निजी गाडीमा गोलधाप तर्फ लैजादै गरेको अवस्थामा विर्तामोड ५ कै सुगम पेट्रोल पम्प छेउबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

विशेष सुरकाकीको आधारमा असई आइन्द्र लिम्बूको नेतृत्वमा गएको नौजनाको प्रहरी टोलीले गाडी यिन्त्रणमा लिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जनाए । गाडीमा चेकजाँच गर्दा बिल देखाउन नसकेपछि १७ दशमलव ५ क्यूफिट साँखु जातको ५ थान तयारी झ्यालको चौखट,गाडी र विर्तामोड ५ का अन्दाजी ५० वर्षिय भीमबहादुर तामाङ्लाइ समेत नियन्त्रणमा लिइएको डिएसपी ओलीले बताए । काठ र गाडीको अनुमानित ५ लाख ५५ हजार कायम गरि बरामद काठ ,गाडी र मानिसलाइ आवश्यक अनुसन्धानको लागि सभ डिभिजन वन कार्यालय सुरुङ्गा पठाइएको उनले जानकारी दिए । ठूलोमात्रमा काठ तस्करी नभएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । सशस्त्रले बरामद गरेको काठ व्यवहारिकता हेरिनु पर्ने भएकोले वृस्तीत रुपमा अनुसन्धान गर्न सुरुङ्गलाइ आदेश दिइसकेको उनले जनाए । सशस्त्र प्रहरीको सहयोगले काम भइरहेको उनले बताए ।

यो भन्दा अघि पनि भारत तर्फ लैजाँदै गरेको ७ लाख ६० हजार मूल्य बराबरको चिलाउनेको काठ र गाडीसहित दुइजनालाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित कुञ्जीबारी क्षेत्र हुदै मे १ च ५६०४ नम्बरको छोटा हात्तीमा राखेर भारत तर्फ लैजादै गरेको अवस्थामा १ सय ३९ नम्बरको स्तम्भ स्थित दशगजा क्षेत्रबाट काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।