तानसेनमा सडक खाना महोत्सव

0
Shares

पाल्पा,
‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नारा लिएर तानसेनको भीमसेनटोल विकास संस्था महिला उपसमितिको आयोजनामा शुक्रबार पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा एक दिने सडक खाना महोत्सव आयोजना गरिएको छ ।

भीमसेन टोल विकास संस्थाको आयोजनामा विगत चार वर्ष देखि सञ्चाचलन हुँदै आएको महोत्सवलाई यस वर्ष पनि अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यस वर्ष पनि निरन्तरता दिइएको हो ।

प्रदेश पाँचमा रहेका स्थानीय खानाहरुको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाय पर्यटकहरुलाई चखाउनुको साथै भीमसेनटोलमा सञ्चालन हँुदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्दै, टोलको सरसफाई गर्नको लागि आवश्यक रकम जुटाउने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रकाशनाथ गोङ्गलले जानकारी दिए ।

सडक खाना महोत्सवमा नेवारी, मगरी, ब्रामण, मुस्लिम लगायत जातिजातीका भेषभुषा सहित परम्परागत खाजा तथा खानाको परिकारहरुको ३० वटा स्टल रहेको टोल विकास संस्था महिला उपसमितिकी उपाध्यक्ष सिर्जना अमात्यले जानकारी दिइन् ।

महोत्सवमा वटुक, विभिन्न प्रकारका छोइला देखि लिएर पाल्पाको प्रसिद्ध खाना चुकाउनी,लगायता परिकार रुचाएका देखिन्थे । दर्शकहरुले स्थानीय खानाको स्वाद सँगै विभिन्न जात जातिका भेष भूषा र नाच गान सहित मनोरञ्जन लिएका थिए । नारायणस्थान चोकदेखी, टुडिखेल सम्म स्टलहरु राखिएका थिए ।

तानसेन लगायत विविभन्न ठाउँहरुबाट सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न र स्थानीय खाना परिकारको स्वाद लिनका लागि विभिन्न स्थानबाट पारखीहरु आएका थिए । यस प्रकारको कार्यक्रबाट पाल्पाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयले वताएका छन ।