घुम्ती शिविरबाट ६४९ जनाले पाए नागरिकता

0
Shares

विमल विष्ट, डोटी ।
डोटीको सायल गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा जिल्लाको सायल गाउँपालिकामा सञ्चालन गरिएको एकिकृत घुम्ती सेवा शिविरबाट ६४९ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरमा ६५० जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको उक्त घुम्ति शिविरमा जानु भएका डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँबाट सदरमुकाम आएर नागरीक्ता लिन नसक्नेहरुकालागि शिविर सञ्चालन ग¥योँ,सबैले राहत पाए ।”

सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार उक्त शिबिरबाट ४७७ जनाको स्वास्थ्य उपचार तथा चेकजाँच, १०० ले पशु सेवा, ६० जनाले कृर्षि सेवा, ३५ जनालाई अपाङ्गता परिचय पत्रको लागि सिफारीस, २५० जनालाई बहुक्षेत्रीय पोषण सम्बन्धी जानकारी लगायतका सेवाहरु प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तह बिच सहकार्य गरेर डोटीमा पछिल्लो समय एकिकृत घुम्ती शिबिर सञ्चालन हुदै आएकोछ ।