काठमाडौँ,(नेस) । झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनु भएको छ । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक आचार्यले जानकारी दिनु भएको छ ।
‘राडरको रेकर्ड हेर्दा ३ पटक उपत्यका परिक्रमा भएको देखिन्छ,संयोजक आचार्यले भन्नुभयो–‘किन कसरी यस्तो भयो समितिले एयर ट्राफिक कन्ट्रोलर, पाइलटको बयान र बस्तु स्थीतिको अध्ययन गरि प्रतिवेदन बुझाउने छ।’
मंगलबार प्रधानमन्त्री ओली यति एयलाईन्स विमान मार्फत झापाबाट काठमाडौं अवतरण गर्ने क्रममा करिव १० मिनेट होल्ड भएको मन्त्रालयको भनाई छ । समितिले भद्रपुर ,त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल टावरको रेकर्ड,विमानका पाईलट र टावर बीच भएको कुराकानी,पाइलट, एटिसीको बयानका आधारमा प्रतिवेदन तयार पार्ने समितिले जनाएको छ ।
प्रधानमन्त्री कार्यलय र मन्त्रालयका राज्य मन्त्री स्तरिय निर्णयबाट छानविन समितति गठन गरेको हो । मन्त्रालयको राज्य मन्त्री धनबहादुर बुढा रहेका छन् । समितिले ७ दिने कार्य समय पाएको छ ।
सदस्यहरुमा मन्त्रालयको उपसचिव प्रकाश शर्मा ढकाल,कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नबिना कर्माचार्य,नेपाली सेनाका पाइलट सुवास थापा सहितको समिति गठन गरेको छ भने कर्माचार्यलाई समितिको सदस्य सचिव तोकिएको छ ।











प्रतिक्रिया