६४३ को निशुल्क स्वास्थ्य परिक्षण

0
Shares

गणेश विष्ट, भोजपुर ।

भोजपुरको रामप्रसादराई गाउँपालिका –१ ओख्रेमा निशुल्क स्वास्थ्य शिविर मार्फत ६४३ जनाले सेवा लिएका छन् ।

ग्रामिण भेगका स्थानियलाई स्वास्थ्य सेवा दिने लक्ष्यका साथ सञ्चालन गरिएको शिविर मार्फत महिलाको आङ्खस्ने तथा पाठेघर सम्वन्धी समस्याको ३२६ जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमा ८ जनाको पुर्ण रुपमा पाठेघर खसेकोले अप्रेषण गर्नु पर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । त्यस्तै १३ जनामा पाठेघरको क्यान्सरको सम्भावना देखिएकोले उनीहरुको निशुल्क उपचारको लागि काठमाण्डौ लैजान सिफारिस गरिएको छ ।

त्यसैगरी नाक, कान, घाँटी, बाथ, सँुगर लगाएत रोगका ३१७ जनाको स्वास्थ्य जाँच गरिएको ओख्रे स्वास्थ चौकीका अहेव नगेन्द्र चौधरीले जानकारी दिए ।

डाक्टरहरु एन्जिला वस्नेत, आसिस वस्नेत, जिल्ला अस्पताल भोजपुरका डाक्टर पवित्रा श्रेष्ठ लगाएतका स्वास्थ्यकर्मीले विरामीको चेकजाँच गरेका थिए । सोही शिविर भोली(शुक्रवार) अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर गाउँपालिका केन्द्र वैकुण्ठेमा पनि सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्। शिविरमा सामुदायिक स्वास्थ्य सेवा प्रतिष्ठान भक्तपुरले निशुल्क स्वास्थ्य सेवा दिएको हो ।