महिलाद्वारा उत्पादित सामग्रीको प्रदर्शनी

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
१०९ औं महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका परिसरमा विहीबार महिलाद्वारा उत्पादित सामग्रीको प्रदर्शनीको आयोजना गरिएको छ ।
महानगरपालिका महिला विकास शाखाले सो प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीको एक कार्यक्रमकाबीच महानगरपालिकाका उपप्रमुख गीता सत्यालले शुभारम्भ गर्नुभयो ।
सो अवसरमा उपप्रमुख सत्यालले यस्ता प्रदर्शनीले महिलालाई बजारको चाहना बुझेर उत्पादन गर्ने, उद्यमशीलता विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
महानगरपालिका वडा नं २४ का वडाअध्यक्ष समेत रहनुभएका सामाजिक विकास संयोजक दिनेश काकीले लैगिक समानताका लागि समान सोच र व्यवहारको नारालाई मूर्त रुप दिन पितृसत्तात्मक सोच, संस्कार बाधक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा महिला विकास अधिकृत महेश्वरी विष्टले महिलाको क्षमता विकास गर्दै उद्यमशीलता प्रर्वद्धन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने सो मेलामा महिलाद्वारा उत्पादित लुत्ता कपडा, ढाका कपडाका विभिन्न पहिरन, परालको जुत्ता सामग्री करिब १५ वटा स्टल रहेको छ । साविकको महिला विकास कार्यालय स्थानीय तहमा गाभिएपछि आयोजना गरिएको यो पहिलो मेला रहेको जनाउ“दै शाखाका सहायक अधिकृत चन्द्रा व्यञ्जनकारले यस खालका मेला वर्षेनी आयोजना गर्दै जाने बताउनुभयो ।