वसन्तपुरमा रहेको एक ग्यास स्टोरमा आगलागी,१० वटा सिलिन्डर पड्किए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौंको वसन्तपुरस्थित याट्खा टोलमा रहेको एक ग्यास स्टोरमा आगलागी भएको छ ।

आगलागीबाट स्टोर रहेको चारतले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र सातवटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको घटनास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् ।

आगलागीमा करिब १० वटा ग्यास सिलिन्डर पड्किएको बताइएको छ । यकिन क्षति भने अहिले अनुमान गर्न नसकिने प्रहरीले बताएको छ ।

फोटोः उज्जोल डंगोल, काठमाडौं ।