बाल विकासलाई उपाधि


काठमाडौं, (नेस)
बाल विकास ‘ए’ ले दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको मैदानमा भएको फाइनलमा बाल विकास ‘ए’ ले कन्स्टिलेसनलाई ३–० गोलले पराजित ग¥यो ।

विजेताका अनिश श्रेष्ठ, विशाल तामाङ र प्रशान्त गुरुङले गोल गरे । तेश्रो स्थानका लागि भएको खेलमा काष्ठमण्डपले कुण्डलिनीलाई ३–० ले हरायो । काष्ठमण्डपका सिद्धान्त खड्काले २ तथा भेदान्त ठकुरीले १ गोल गरे । कुण्डलिनीका कर्णवीर मल्ल उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपका सिद्धान्त खड्का सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले १३ गोल गरे ।